१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूपेन्द्र बडुवाल हत्याका थप एक आरोपी पक्राउ



अ+ अ-

धनगढी । कैलाली लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । 

लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट नियन्त्रणमा लिइएको हो ।

केही दिनअघि पक्राउ परेका शाहीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । 

कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको हत्या भएको थियो। घटनापछि शाही भागेर सुनसरी पुगेका प्रहरीले जनाएको छ।

दुई आपराधिक समूहको झगडामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । 

बडुवालको हत्या गरेको आरोप लगाउँदै परिवारले १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ।

हालसम्म शाहीसहितका १० जना पक्राउ परेका छन् भने घटनाका मुख्य अभियुक्त भनिएका चिसापानीका नवीन रावलसहितका ६ जना फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले फरारको खोजी गरिरहेको जनाएको छ।