• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   इलाम र बझाङमा उपनिर्वाचन भोलि, तयारी सकियो ★   मुस्ताङको कोरोलामा नेपाल र चीनका प्रहरीको संयुक्त पैदल गस्ती (फोटो फिचर) ★   नायग्रा फल्सका रघुनाथ, नेपाली खाना, संस्कृति र सामग्रीको प्रचारका संवाहक ★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

नेविसंघले प्रत्येक बुथमा ५० विद्यार्थी परिचालन गर्ने



काठमाडौ, ८ असोज । आगामि संविधान सभाको निर्वाचनमा माउ पार्टी नेपाली काग्रेसको पक्षको मत सुरक्षाको लागि भातृ संगठन नेपाल विद्यार्थी संघले प्रत्येक बुथमा ५० जना विद्याथीहरु परिचालन गर्ने भएको छ ।
संघले आफ्नो निर्वाचन सम्बन्धी रणनीति सार्वजनिक गर्दै आगामि संविधानसभाको सफलताको लागि यूवा नेतृत्व र लोकतान्त्रिक संविधान निर्माणकालागि काग्रेसको नेतृत्व आवश्यक भएकोले आफूहरु योजनाबद्ध रुपमा चुनावमा होमिएको स्पष्ट पारेको छ ।

संघले त्यसका अतिरिक्त चुनावमा नेपाली काग्रेसलाई पहिलो पार्टी बनाउन प्रत्येक बुथका ५ जनाका दरले देश भरीका ५० हजार १ सय ७५ जनालाई कार्तिक ३ गेत चुनावी रणनीति र कार्यनीतिका सम्बन्धमा विशेष प्रशिक्षण दिएर खटाउने, त्यसैगरी काग्रेसको पक्षमा चुनावी माहौल निर्माणको लािग अनलाईन पत्रिका संचालन गर्ने, आसोज ११ गते काठमाडौमा विशाल मोटरसाईकल र्याली गर्ने, सीआरवीटी तयार पार्ने, फेसबुकबाट प्रचार गर्ने योजना सार्वजनिक गरेको छ ।
उसले आगामि संविधानसभाको निर्वाचनमा बर्तमान कार्यसमितिका ६ जना प्रत्यक्ष र २२ जना समानुपातिकतर्फबाट सिफारिस भएको र त्यसैगरी पूर्व अध्यक्ष र पदाधिकारीहरु मध्ये ३५ जना प्रत्यक्षतर्फबाट र ५४ जना समानुपातिक बाट सिफारिस भएको जानकारी दिदै सबैलाई उमेदवार बनाउन पार्टीलाई आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सभापति रञ्जित कर्णले अघिल्लो संविधानसभामा यूवाहरुको प्रतिनिधित्व हुन नसक्दा असफल भएको दावी गर्दै अबको निर्वाचनमा प्रत्येक जिल्लाबाट यूवा उमेदवारलाई प्राथमिकता दिनु पर्ने बताए ।
उनले लोकतन्त्रको लागि सधै आन्दोलनको अग्र मोर्चामा रहेको यूवालाई संविधानसभामा प्रतिनिधित्व र काग्रेसको नेतृत्वमा संविधानसभा भए मात्रै संविधान निर्माण हुने दावी गर्दै त्यसको लागि संघले देश ब्यापी अभियान चलाउन लागेको जानकारी दिए ।
ऋषि केस जंग शाहले संविधानसभाको सफलताको लागि यूवाहरुको उपस्थिति अनिवार्य भएको भन्दै असन्तुष्ट दलहरुलाई पनि निर्वाचनमा ल्याएर संविधानसभालाई सफल बनाउनु पर्ने बताए ।
जित शेरचनले फेरि पनि यूवाहरुको संविधानसभामा प्रतिनिधित्व नभए दुर्घटना हुने चेतावनी दिए ।