३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले प्रत्येक बुथमा ५० विद्यार्थी परिचालन गर्ने



अ+ अ-

काठमाडौ, ८ असोज । आगामि संविधान सभाको निर्वाचनमा माउ पार्टी नेपाली काग्रेसको पक्षको मत सुरक्षाको लागि भातृ संगठन नेपाल विद्यार्थी संघले प्रत्येक बुथमा ५० जना विद्याथीहरु परिचालन गर्ने भएको छ ।
संघले आफ्नो निर्वाचन सम्बन्धी रणनीति सार्वजनिक गर्दै आगामि संविधानसभाको सफलताको लागि यूवा नेतृत्व र लोकतान्त्रिक संविधान निर्माणकालागि काग्रेसको नेतृत्व आवश्यक भएकोले आफूहरु योजनाबद्ध रुपमा चुनावमा होमिएको स्पष्ट पारेको छ ।

संघले त्यसका अतिरिक्त चुनावमा नेपाली काग्रेसलाई पहिलो पार्टी बनाउन प्रत्येक बुथका ५ जनाका दरले देश भरीका ५० हजार १ सय ७५ जनालाई कार्तिक ३ गेत चुनावी रणनीति र कार्यनीतिका सम्बन्धमा विशेष प्रशिक्षण दिएर खटाउने, त्यसैगरी काग्रेसको पक्षमा चुनावी माहौल निर्माणको लािग अनलाईन पत्रिका संचालन गर्ने, आसोज ११ गते काठमाडौमा विशाल मोटरसाईकल र्याली गर्ने, सीआरवीटी तयार पार्ने, फेसबुकबाट प्रचार गर्ने योजना सार्वजनिक गरेको छ ।
उसले आगामि संविधानसभाको निर्वाचनमा बर्तमान कार्यसमितिका ६ जना प्रत्यक्ष र २२ जना समानुपातिकतर्फबाट सिफारिस भएको र त्यसैगरी पूर्व अध्यक्ष र पदाधिकारीहरु मध्ये ३५ जना प्रत्यक्षतर्फबाट र ५४ जना समानुपातिक बाट सिफारिस भएको जानकारी दिदै सबैलाई उमेदवार बनाउन पार्टीलाई आग्रह समेत गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सभापति रञ्जित कर्णले अघिल्लो संविधानसभामा यूवाहरुको प्रतिनिधित्व हुन नसक्दा असफल भएको दावी गर्दै अबको निर्वाचनमा प्रत्येक जिल्लाबाट यूवा उमेदवारलाई प्राथमिकता दिनु पर्ने बताए ।
उनले लोकतन्त्रको लागि सधै आन्दोलनको अग्र मोर्चामा रहेको यूवालाई संविधानसभामा प्रतिनिधित्व र काग्रेसको नेतृत्वमा संविधानसभा भए मात्रै संविधान निर्माण हुने दावी गर्दै त्यसको लागि संघले देश ब्यापी अभियान चलाउन लागेको जानकारी दिए ।
ऋषि केस जंग शाहले संविधानसभाको सफलताको लागि यूवाहरुको उपस्थिति अनिवार्य भएको भन्दै असन्तुष्ट दलहरुलाई पनि निर्वाचनमा ल्याएर संविधानसभालाई सफल बनाउनु पर्ने बताए ।
जित शेरचनले फेरि पनि यूवाहरुको संविधानसभामा प्रतिनिधित्व नभए दुर्घटना हुने चेतावनी दिए ।