२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेतन र सुवोध तताए चितवनको चुनावी माहोल



अ+ अ-

चितवन,- कलाकार चेतन सापकोटा र सुवोध गौतमले एकीकृत नेकपा (माओवादी) चितवनको चुनावी माहोल तताएका छन । हिजो (शुक्रबार) निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार नारायणप्रसाद दाहालको चुनावी प्रचारप्रसारमा केन्द्रित कलाकार सापकोटा र गौतमले आज (शनिबार) भने चितवनको क्षेत्र नम्बर ४ लाई तताए ।

क्षेत्र नम्बर ४ अन्तर्गत मंगलपुर बजारमा आयोजित कोणसभामा सापकोटाले मतदातालाई जुरुकजुरुक पारेका थिए भने, गौतमले पेट मिचीमिची हास्न बाध्य पारेका थिए । एकीकृत नेकपा (माओवादी) का चित्रबहादुर श्रेष्ठको चुनावी प्रचारप्रसार गरिरहँदा नेपाली काँग्रेस, नेकपा एमालेका सोही ठाउँमा केन्द्रित कोणसभा भने खल्लो भएको थियो ।

कोणसभामा बोल्दै एकीकृत नेकपा (माओवादी) का उम्मेद्वार चित्रबहादुर श्रेष्ठले जसको अवधारणा उसैलाई जिताएर संविधान निर्माणको काम सम्पन्न गर्न जनतासामु आग्रह गरेका थिए । उनले एकीकृत नेकपा (माओवादी) को जीत संविधान निर्माण सुनिश्चित हुने भएकाले पनि एमाओवादीलाई बहुमत दिन आग्रह गरे । कार्यक्रममा एकीकृत नेकपा (माओवादी) समानुपातिक तर्फका उम्मेद्वार अन्जान तिमिल्सिना ‘सघर्ष’, एकीकृत नेकपा (माओवादी) क्षेत्र नम्बर ४ का संयोजक सुदर्शन पौडेल, प्रचारप्रसार संयोजक पवित्रा रिजाल ‘स्मृति’ लगायतले माओवादीलाई मत दिएर जनताको संविधान बनाउन सहयोग गर्न अनुरोध गरेका थिए ।

यसैगरी क्षेत्र नम्बर ४ अन्तरगत भरतपुर–९ केन्द्रित मोटरसाइकल ¥याली पनि गरिएको छ । स्थानीय मतदाताको माग पछि मोटरसाइकल ¥याली आयोजना गरिएको बताइन्छ । यसैबीच एकीकृत नेकपा (माओवादी)का क्षेत्र नम्बर ३ का उम्मेद्वार नारायणप्रसाद दाहालले शनिबार पनि भरतपुर–१० केन्द्रित कोणसभा र घरदैलो कार्यक्रम गरी मत मागेका छन । बिहान भनपा–१० हाकिम चोकमा कोणसभा गरी शुरु भएको घरदैलो कार्यक्रम गरेका थिए ।

कोणसभामा बोल्दै दाहालले पहिचानसहितको संघीयता, समावेशी–समानुपतातिक लोकतन्त्र अग्रगामी संविधानको मूलमन्त्र भन्ने नारालाई सार्थक पार्न यस पटकको निर्वाचनमा माओवादीलाई बहुमत र संघीयता पक्षधरलाई दुई तिहाई मत दिन आग्रह गरेका थिए । उनले नेकपा (माओवादी)लाई मतदान गरेमा मात्र नेपाली जनताले नयाँ र अग्रगामी संविधान पाउने भएकाले माओवादीलाई मतदान गर्न जनतासामु अनुरोध गरेका थिए । क्षेत्र नम्बर ४ मा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेका कलाकारद्वय आजै क्षेत्र नम्बर १ र २ केन्द्रित कोणसभामा पनि आफ्नो प्रस्तुती देखाउने कार्यक्रम रहेको एकीकृत नेकपा (माओवादी) चितवनले जनाएको छ ।