१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम उप–महानगरपालिकामा तालाबन्दी



अ+ अ-

जनकपुर । जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन् । 

पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् ।

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक पटक आफूहरुले सफाईको लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएको र कर्मचारी जनप्रतिनिधिहरुसँग अभद्र व्यवहार गर्ने गरेको बताउनु भयो । 

अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।