१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले महाधिवेशनः थप १०० ट्राफिक प्रहरी परिचालन गरिने



अ+ अ-

चितवन । चितवनमा हुन गइरहेको नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । 

महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलका अनुसार महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । 

यही मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरी थप ट्राफिक प्रहरी परिचालन गर्ने तय भएको उहाँले बताउनुभयो । महाधिवेशनमा यातायात सहज बनाउन गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो । जिल्लामा हाल ४० ट्राफिक प्रहरी परिचालित गरिएको छ । 

महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनललगायत ठाउँमा नारायणगढ–मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागिश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिँदैछ ।