२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुरु भयो ‘लोफर’को सार्वजनिक प्रदर्शन



अ+ अ-

काठमाडौँ, २१ मंसिर  –  

आजबाट एउटा बहुप्रतिक्षित चलचित्र ‘लोफर’ रिलिज हुँदैछ ।  यो चलचित्र रेखा थापासँग छुट्टिएर छविराज ओझाले बनाएको पहिलो फिल्म हो, त्यसमा पनि सिंगल थिएटरका दर्शकका लागि फिल्म बनाउने छवि यसपटक मल्टिप्लेक्सतिर हान्निएका छन् । त्यसैले उनको मल्टिप्लेक्स यात्रा कतिको सुखद हुनेछ, यो चलचित्रको व्यापारमा निर्भर छ । अर्कोतिर आर्यन सिग्देल अभिनित पछिल्ला चलचित्रहरुले राम्रो व्यापार नगरेकोले ‘लोफर’ले उनको करिअरमा ठूलो प्रभाव पार्ने देखिएको छ। आर्यनलाई छविले नै ‘किस्मत’बाट रजतपटमा भित्र्याएका थिए।

त्यसपछि उनले आर्यनलाई ‘कसले चोर्‍यो मेरो मन’ र ‘हिफाजत’मा काम गराए। दुवै चलचित्र हिट भयो तर त्यसपछि रेखासँग आर्यनको मनमुटाव भएपछि छविले चाहदा–चाहदै पनि आर्यनलाई आफ्नो फिल्ममा राख्न सकेका थिएनन्।  दुर्भाग्यवस त्यसपछि अन्य ब्यानरका आर्यनका प्राय: सबै चलचित्र असफल भए। त्यसैले निर्माता छवि, नायक आर्यन, निर्देशक आदित्यविक्रम लम्साल र नायिका रजनी केसी सबैको लागि ‘लोफर’को व्यापार निकै अर्थपूर्ण छ। लम्साल र रजनीको यो पहिलो फिल्म हो।

सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको ‘लोफर’ देशभरका १०० भन्दा बढि हलहरुमा एकसाथ रिलिज हुने निर्माता छविराज ओझाले जानकारी दिएका छन् । चलचित्रमा आर्यन र रजनीसँगै दयाहाङ राई, कमलमणी नेपाल, सुशीलराज पाण्डेलगाएतका कलाकारको कलाकारको अभिनय रहेको छ ।