२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आस्का सिन्हा भइन् मिस वीरगन्ज



अ+ अ-

 

पर्सा, २३ मंसिर –

वीरगन्जमा पहिलोपटक आयोजना गरिएको ‘सालिमार मिस वीरगन्ज २०१३’ को उपाधि वीरगन्जकी आस्का सिन्हाले हात पार्न सफल भएकी छन् । नेप्शयुनले शनिबार राति वीरगन्जको स्वीमिङ्गपुल परिसरमा आयोजना गरेको ‘सालिमार मिस वीरगन्ज २०१३’ मा सहभागी १४ जना प्रत्यासीलाई पछाडि छाड्दै सिन्हाले उपाधी हात पारेकी हुन् ।

प्रतियोगितामा उपाधि विजेता सिन्हालाई वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं सालिमार गु्रपका अध्यक्ष अशोककुमार बैद्यले मिस वीरगजको ताज पहिराउनुभयो । प्रतियोगितामा दोश्रो अनिता पौडेल र तृतीय श्वेता श्रेष्ठले हात पार्न सफल भएको आयोजकले जनाएका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले ताज लगाउनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले यस्ता प्रतियोगिताहरुले युवा पुस्तालाई उनीहरुमा भएको प्रतिभाको प्रस्फूटन गर्न सहयोग पुग्ने बताउनुभयो । नेपालको पहिलो मिस नेपाल वीरगन्जकी रुवि राणा भएकी थिइन् ।