२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो चलचित्र बनाउने सपना अधुरै …



अ+ अ-

चितवन, २५ मंसिर –

वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको राम्रो र सफल चलचित्र बनाउने सपना अधुरै बनेको छ । “म राम्रो र अझै परिस्कृत नेपालीपनको चलचित्र बनाउँछु भन्नुहुन्थ्यो”–उहाँका गुरु ऋद्धिचरण श्रेष्ठले केही महिनाअघि भएको कुराकानी सम्झँदै भन्नुभयो, “विडम्बना अब उहाँको सपना सपनामै सिमीत भएको छ ।” पछिल्लो समयमा घरमा बिरामी पछि आराम गरिरहेका बेलामा समेत निर्देशक रेग्मीले सञ्चारकर्मीसँग ओस्कार अवार्ड प्राप्त गर्ने चलचित्र निर्माण गर्नेसमेत बताउनुभएको थियो । तर उहाँका ती सपना सबै अधुरै बनेको छ । ‘‘उहाँका चलचित्रमा तल्लो वर्गका नेपालीका कथा र व्यथा हुन्थ्यो, अत्यन्त मृदुभाषी र काममा लागिरहने गर्नुहुन्थ्यो’’ उहाँका उत्तराधिकारी रहेका पुष्प आचार्यले भन्नुभयो ।

चितवनको नारायणी कला मन्दिरमा नाटक निर्देशक बनेर छोडेपछि उहाँको ठाउँमा अहिलेसम्म पुष्प नै रहनुभएको छ । म ठिक भएर आउँछु अनि राम्रो चलचित्र बनाउँछु उहाँले भन्नुभएको छ, कसैलाई नबिझाउने मान्छे कसो ठिक नहुनु होला, केही दिनअघि मात्रै उहाँकी पत्नी ज्ञानु रेग्मीले भनेको कुरा ताजै छ । मिर्गौला रोगका कारण करिब १० महिनादेखि उहाँ थलिनुभएको थियो । मिर्गौला प्रत्यारोपण गरिने तयारी गरिए पनि अन्य सङ्क्रमणका कारण सफल हुन नपाउँदै उहाँको निधन भएको हो । उहाका शिक्षक तथा चलचित्रकर्मी ऋद्धिचरण श्रेष्ठ उहाँको निधनले चलचित्र क्षेत्रले एक हस्ती गुमाएको बताउनुभयो । चलचित्र निर्देशक विमल पौडेलले उहाँले नेपाली चलचित्रमा नयाँ मोड ल्याइदिएको सम्झिनुभयो । यस्तै नायिका मौसमी मल्लले नेपाली चलचित्र क्षेत्रमै अपुरणाीय क्षति पुगेको बताउनुभयो ।

 

उहाँका तीन छोरी र एक छोरा छन् । परिवारका १० सन्तानमध्येका माहिला सन्तान रेग्मी दाजुभाइका जेठा हुनुहुन्थ्यो । अहिलेसम्म २० वटा चलचित्रमा निर्देशन गर्नुभएका रेग्मी ठूलो पर्दामा २०५७ सालदेखि लाग्नुभएको थियो । औपचारिक रुपमा २०४८ सालमा चितवनको नारायणी कला मन्दिरबाट उहाँले कलाकर्मको यात्रा थाल्नुभएको शुभचिन्तक पुष्प आचार्यले बताउनुभयो । उहाँको लेखन रहेको पहिलो चलचित्र ‘प्रेमपूजा’ हो भने निर्देशित पहिलो चलचित्र ‘आफन्त’ हो । उहाँका ‘आफ्नो मान्छे’, ‘सुखदुःख’, ‘ए मेरो हजुर’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’ सफल चलचित्र हुन् । उहाँकै निर्देशनमा छोरी भावना नायिका भएको चलचित्र ‘सो सिम्पल’ हो । हाल उहाँले निर्देशन गरेको चलचित्र ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ चलचित्र प्रदर्शनको तयारीमा छन् ।