९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु बढेपछि सतर्कता अपनाइयो



अ+ अ-

 

चितवन, ४ पुस –

चितवनमा एकै महिनामा ७९ जनामा डेङ्गु देखिएपछि महामारीको रुप लिन सक्ने भन्दै विशेष सतर्कता अपनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्र ७९ जनामा डेङ्गु देखिएको छ । गत आर्थिक वर्षको मङ्सिर महिनामा दुई जनामा मात्र डेङ्गु फेला परेको थियो ।

अहिलेसम्म चितवनमा ३२८ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार साउन महिनामा सात, भदौमा २०, असोजमा ५२ र कात्तिकमा १७० जनामा डेङ्गु भेटिएको हो । अहिलेसम्म एक हजार ७७२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण भेटिएको हो । जाडो मौसम सुरु भएपछि नियन्त्रणको उपाएका विषयमा छलफल भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत केहरसिंह गोदारले जानकारी दिनुभयो । जनचेतना जगाउने, कीटनाशक झुल वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।