• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   ‘बोक्सीको घर’ प्रदर्शनमा,उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर

सिड्नीमा मौसमीले ‘कुण्ठा’ देखाउने




सिड्नीबासिहरु यो सप्ताहान्त निकै रमाइलोसंग बिताउदै छन् । कस्तो अचम्म कसैको कुण्ठा हेरेर कसैले रमाइलो गर्नुपर्ने । सिड्नीबासि नेपालीहरु कुन्ठा मनपराउछन् वा कति फराकिला छन् । अरुको कुन्ठा आफ्नै ठान्छन् वा अरुकै यो पनि २२ तारिख साझ प्रमाणित हुदैछ । एउटा प्यास, एउटा घिटकीसो, बोल्नै नसकिने शब्दहरु र अभिब्यक्त गर्न नसकिने भावहरु अर्थात् कुन्ठा समेटिएको नेपाली कथानक चलचित्र “कुण्ठा” अष्ट्रेलिया आइपुगेको छ ।
साइन इन्टरटेनमेन्टको प्रस्तुती नेपाली कथानक चलचित्र कुण्ठा यही डिसेम्बर २२ , २०१३ मा सिड्नीको सिभीक थियटरमा प्रदर्शन गरिने भएको छ । न्ज अष्ट्रेलियाले आयोजना गरेको उक्त नेपाली चलचित्रको मुख्य भुमिकामा मौसमी मल्ल र रविन पोख्रलको अभिनय रहेको छ । समाजमा रहेका अन्धबिश्वास कुरीती र एउटा वेश्याबाट जन्मेको बच्चाको मानसिक स्थिति उसलाइ समाजले हेर्ने नजर लगायत गहन बिषयको कथाबस्तु चलचित्रले समेटेको छ । किरण माइकलको कथावस्तु रहेको यस चलचित्रको निर्देशक अनुप गीरी हुन् । सुरज के सी , सुवास गजुरेल, गणेश सापकोटा र बालकलाकार अमृतांसु महाजुको पनि अभिनय रहेको चलचित्रका निर्माता सिड्नी निवासी युवराज पोख्रल हुन् । न्युजले विभिन्न समयमा नेपाली फिल्महरुलाई अष्ट्रेलियामा प्रदर्शन गर्दै आएको छ ।
सिभीक थियटर हर्सभिली सिड्नीमा दिउसो २ वजे देखि ५ बजे सम्म र वेलुकी ५ वजे देखि ९ बजे सम्म दुई शो प्रस्तुत हुने यो चलचित्रले सिड्नीमा राम्रो प्रसिद्धि कमाउने बुझिएको छ ।