• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै ★   पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो ★   इलाम र बझाङमा आज उपनिर्वाचन : ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान ★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ? 

कठैवरा ! कस्ले भन्ला ?



बलराम तिमल्सीना-

तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्‍यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि सँगै मर्‍यौं भने ?
===================
तिम्रो मेरो दिलको राग एउटै भन्ने जान्दा पनि
तिम्रो मेरो मनको माग एउटै भन्ने मान्दा पनि
उचालिई कसैबाट उल्टासिधा गर्‍यौ भने
विचरा यी ! कस्ले भन्ला नरकमा झर्‍यौं भने
================
तिमी हामी हिड्ने बाटो एउटै भन्ने जान्दा जान्दै
तिम्रो हाम्रो ज्यूँने माटो साझा भन्ने मान्दा मान्दै
एउटा रुँदा अर्को हाँस्ने मूर्ख वुद्धि गर्‍यौं भने
भोलि भेट कहाँ होला सीमा पारि तर्‍यौं भने
=========================
तिमीलाई मलाई पुर्ने चिहान एउटै भन्ने जान्दा जान्दै
तिमी हामी हाँस्ने विहान साझा भन्ने मान्दा मान्दै
भेट हुँदा दुश्मनले जस्तै आँखा तर्‍यौं भने
कस्ले झण्डा ओढाउला मूर्खताले मर्‍यौं भने