• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   शिक्षकहलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ ★   पोर्चुगलमा समुद्रमा सेलफिस खोज्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो ★   महालेखापरीक्षकमा तोयम राया नियुक्त ★   डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त ★   बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने  ★   कोशी प्रदेशसभाको विशेष अधिवेशन ★   उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता ★   भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

कठैवरा ! कस्ले भन्ला ?



बलराम तिमल्सीना-

तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्‍यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि सँगै मर्‍यौं भने ?
===================
तिम्रो मेरो दिलको राग एउटै भन्ने जान्दा पनि
तिम्रो मेरो मनको माग एउटै भन्ने मान्दा पनि
उचालिई कसैबाट उल्टासिधा गर्‍यौ भने
विचरा यी ! कस्ले भन्ला नरकमा झर्‍यौं भने
================
तिमी हामी हिड्ने बाटो एउटै भन्ने जान्दा जान्दै
तिम्रो हाम्रो ज्यूँने माटो साझा भन्ने मान्दा मान्दै
एउटा रुँदा अर्को हाँस्ने मूर्ख वुद्धि गर्‍यौं भने
भोलि भेट कहाँ होला सीमा पारि तर्‍यौं भने
=========================
तिमीलाई मलाई पुर्ने चिहान एउटै भन्ने जान्दा जान्दै
तिमी हामी हाँस्ने विहान साझा भन्ने मान्दा मान्दै
भेट हुँदा दुश्मनले जस्तै आँखा तर्‍यौं भने
कस्ले झण्डा ओढाउला मूर्खताले मर्‍यौं भने