• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान ★   फास्ट ट्रयाक समयमै सम्पन्न गर्न राज्य व्यवस्था तथा सुशासन समितिको सरकारलाई निर्देशन

कठैवरा ! कस्ले भन्ला ?



बलराम तिमल्सीना-

तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्‍यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि सँगै मर्‍यौं भने ?
===================
तिम्रो मेरो दिलको राग एउटै भन्ने जान्दा पनि
तिम्रो मेरो मनको माग एउटै भन्ने मान्दा पनि
उचालिई कसैबाट उल्टासिधा गर्‍यौ भने
विचरा यी ! कस्ले भन्ला नरकमा झर्‍यौं भने
================
तिमी हामी हिड्ने बाटो एउटै भन्ने जान्दा जान्दै
तिम्रो हाम्रो ज्यूँने माटो साझा भन्ने मान्दा मान्दै
एउटा रुँदा अर्को हाँस्ने मूर्ख वुद्धि गर्‍यौं भने
भोलि भेट कहाँ होला सीमा पारि तर्‍यौं भने
=========================
तिमीलाई मलाई पुर्ने चिहान एउटै भन्ने जान्दा जान्दै
तिमी हामी हाँस्ने विहान साझा भन्ने मान्दा मान्दै
भेट हुँदा दुश्मनले जस्तै आँखा तर्‍यौं भने
कस्ले झण्डा ओढाउला मूर्खताले मर्‍यौं भने