• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसंग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता ★   राजस्थानलाई जिताउने पराग ज्वरो आएर तीन दिन विस्तारामा सुतेका थिए, पेनकिलर खाएर खेले ★   जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

कठैवरा ! कस्ले भन्ला ?



बलराम तिमल्सीना-

तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्‍यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि सँगै मर्‍यौं भने ?
===================
तिम्रो मेरो दिलको राग एउटै भन्ने जान्दा पनि
तिम्रो मेरो मनको माग एउटै भन्ने मान्दा पनि
उचालिई कसैबाट उल्टासिधा गर्‍यौ भने
विचरा यी ! कस्ले भन्ला नरकमा झर्‍यौं भने
================
तिमी हामी हिड्ने बाटो एउटै भन्ने जान्दा जान्दै
तिम्रो हाम्रो ज्यूँने माटो साझा भन्ने मान्दा मान्दै
एउटा रुँदा अर्को हाँस्ने मूर्ख वुद्धि गर्‍यौं भने
भोलि भेट कहाँ होला सीमा पारि तर्‍यौं भने
=========================
तिमीलाई मलाई पुर्ने चिहान एउटै भन्ने जान्दा जान्दै
तिमी हामी हाँस्ने विहान साझा भन्ने मान्दा मान्दै
भेट हुँदा दुश्मनले जस्तै आँखा तर्‍यौं भने
कस्ले झण्डा ओढाउला मूर्खताले मर्‍यौं भने