१६ माघ २०८१, बुधबार
,
Latest
ताप्लेजुङ घटनाः पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान सहिद स्मारक पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृति सभा तेस्रो टी–२० मा इंग्ल्याण्डले भारतलाई २६ रनले हरायो बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो भ्रष्टाचार नियन्त्रण हुनैपर्छः प्रधानमन्त्री ओली ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाबले आईपीएल इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्यायो, २६२ रनको लक्ष्य भेट्टायो



अ+ अ-

काठमाडौँ । पञ्जाब किंग्सले इतिहास रचेको छ । उसले आईपीएलको १७ सिजनको इतिहासको सबैभन्दा ठूलो लक्ष्य पछ्यायो । पञ्जाबले २६२ रनको लक्ष्य मात्र १८ं४ ओभरमा पछ्यायो । अर्थात् अन्त्यमा आठ बल बाँकी थियो ।

२६२ रन आईपीएल इतिहासमा सबैभन्दा सफल चेज हो । यसअघि आईपीएल २०२० मा राजस्थानले पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो । पञ्जाबको जितका नायक जोनी बेयरस्टो, शशांक सिंह र प्रभसिमरन सिंह थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । फिल साल्टले ३७ बलमा ७५ रन र सुनिल नारायणले ३२ बलमा ७१ रन बनाए ।

जवाफमा प्रभसिमरन सिंहले २० बलमा ५४ रन बनाएर पञ्जाबलाई आक्रामक सुरुवात गराए । यसपछि जोनी बेयरस्टोले ४८ बलमा १०८ रन र शशांक सिंहले २८ बलमा ६८ रनको अविजित इनिङ खेल्दै पञ्जाबलाई जित दिलाए । यस खेलमा ४२ छक्का प्रहार गरिएको थियो, जुन आईपीएलको इतिहासमा कुनै पनि खेलमा सबैभन्दा बढी हो ।

यो जितसँगै पञ्जाब नौ खेलबाट तीन जित र छ हारसहित ६ अंकसहित आठौं स्थानमा उक्लिएको छ । कोलकाताको टोली दोस्रो स्थानमा छ । उसको आठ खेलमा पाँच जित र तीन हारसँगै १० अंक छ । पञ्जाबले अर्को खेल मे १ मा चेन्नई सुपर किंग्ससँग खेल्ने छ । कोलकाताले २९ अप्रिलमा दिल्लीसँग इडेन गार्डेनमा खेल्ने छ ।

कोलकाताले सात विकेटमा २६१ रनको दोस्रो ठूलो स्कोर बनाएपछि यो स्कोरलाई छुन नसकिने जस्तो लाग्थ्यो, तर पञ्जाबले आजसम्म टी–२० क्रिकेटमा कहिल्यै नघटेको काम गर्यो । यो खेलमा सर्वाधिक ४२ छक्का प्रहार गर्ने कीर्तिमान पनि बन्यो ।

२६२ रनको लक्ष्य पछ्याउने क्रममा प्रभसिमरनले हर्षित रानाको ओभरमा दुई छक्का हानेर आफ्नो मनसाय प्रष्ट पारेका थिए । तेस्रो ओभरमा प्रभसिमरनले दुष्मन्थलाई दुई चौका र दुई छक्का प्रहार गर्दै २३ रन बनाए । पाँचौं ओभरमा उनले सुनिल नारायणलाई छक्का प्रहार गर्दै १८ बलमा अर्धशतक पूरा गरे ।

जोनी बेयरस्टोले छैटौं ओभरको पहिलो पाँच बलमा अनुकुल रोयलाई तीन चौका र दुई छक्का प्रहार गर्दै २४ रन बनाए पनि छैटौं बलमा प्रभसिमरन नारायणको सिधा थ्रोमा आउट भए । उनले २० बलमा ५४ रन बनाए । पावरप्लेमा पञ्जाबले एक विकेटको क्षतिमा ९३ रन बनाएको थियो । आठौं ओभरको दोस्रो बलमा बेयरस्टोले राणालाई छक्का प्रहार गरेपछि पञ्जाबले १०० रन पुरा गर्यो । उनले २३ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

अर्धशतक पूरा गरेपछि बेयरस्टो थप आक्रामक बने । उनले ११ औं ओभरमा वरुण चर्कवर्तीलाई दुई छक्का प्रहार गरे । अर्को ओभरमा उनले आन्द्रे रसेललाई तीन छक्का प्रहार गर्दै पञ्जाबको स्कोर १२ ओभरमा १७३ रनमा पुर्याए । सुनिलले रिले रुसो (२६) लाई आउट गर्दै यो साझेदारी तोडेका थिए । बेयरस्टो–रुसोले ३९ बलमा ८५ रन जोडे । शशांक आउने बित्तिकै उनले वरुणलाई लगातार दुई छक्का प्रहार गरे ।

बेयरस्टोले आईपीएलमा आफ्नो दोस्रो शतक ४५ बलमा बनाए । पाँच वर्षपछि आईपीएलमा उनको यो शतक हो । पछिल्लो पटक उनले सन् २०१९ मा आरसीबीविरुद्ध सनराइजर्स हैदरावादमा हुँदा ११४ रनको इनिङ खेलेका थिए । शशांकले १७ औं ओभरमा दुष्मन्थालाई तीन छक्का प्रहार गर्दा १८ बलमा ३४ रनको लक्ष्य रह्यो । शशांक यहीँ रोकिएनन्, उनले राणालाई लगातार दुई छक्का प्रहार गर्दै २३ बलमा अर्धशतक पूरा गरे । यस ओभरमा जम्मा ३ छक्का र चौका प्रहार गरी १२ बलमा ९ रनको लक्ष्य रह्यो, जुन १९ औं ओभरमा प्राप्त भयो ।

यसअघि सुनिल नारायण र फिल साल्टको तूफानी अर्धशतकको मद्दतले कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सविरुद्ध आइपीएलमा दोस्रो उच्च स्कोर बनाएको थियो । कोलकाताले सुनिलको ३२ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै साल्टको ७५ रनको सहयोगमा ६ विकेटमा २६१ रन बनाएको थियो । सुनिल र साल्टले पहिलो विकेटका लागि ६३ बलमा १३८ रनको शतकीय साझेदारी गरेका थिए । यही सिजनमा कोलकाताले दिल्ली क्यापिटल्सविरुद्ध ७ विकेटमा २७२ रन बनाएको थियो । यो आईपीएलमा उसको सर्वाधिक स्कोर हो ।

खतरनाक नारायणले तेस्रो ओभरमा हर्षलको बलमा ब्रारले क्याच छोडे । त्यतिबेला उनी १५ रनमा थिए । नतिजा यो थियो कि फिल साल्टले यो ओभरमा दुई छक्का र एक चौका प्रहार गर्दै १८ रन बनाए । अर्को ओभरमा नारायणले रबाडालाई टार्गेत गर्दै तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाए । केकेआरले ३.५ ओभरमा ५५ रन बनाएको थियो ।

पञ्जाबको कमजोर फिल्डिङको क्रम जारी रह्यो । करनले छैटौं ओभरमा साल्टको सहज क्याच छोडियो । उनी ३४ रनमा मा थिए । केकेआरले पावरप्लेमा ७६ रन बनायो । तर, सातौं ओभरमा रबाडाले आफ्नो व्यक्तिगत ३५ रनको योगफलमा साल्टलाई जीवनदान दिए ।

आठौं ओभरमा सुनिलले रबाडालाई दुई चौका प्रहार गर्दै २३ बलमा आईपीएलमा आफ्नो छैटौं अर्धशतक पूरा गरे । सोही ओभरमा साल्टले एक चौका र त्यसपछि छक्का प्रहार गर्दै केकेआरलाई १०५ रनमा पुर्याए । साल्टले अर्को ओभरमा चाहरको बलमा चौका प्रहार गर्दै आईपीएलमा आफ्नो पाँचौं अर्धशतक पूरा गरे । क्याच छोड्नु पञ्जाबका लागि महँगो साबित भयो । १० औं ओभरमा सुनिलले हर्षललाई पहिले चौका र छक्का र पछि साल्टले पनि छक्का प्रहार गरे । केकेआरले १० ओभरमा बिना विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

पञ्जाबले अन्ततः सुनिल नारायणको विकेट लियो । उनलाई राहुल चाहरले बेयरस्टोको हातमा क्याच गराए । सुनिलले ३२ बलमा ७१ रन बनाए । उनले साल्टसँग ६३ बलमा १३८ रनको साझेदारी गरे । कोलकाताले ११.४ ओभरमा १५० रन पुरा गर्यो । साल्टले १३ औं ओभरमा करनलाई लगातार दुई छक्का प्रहार गरे तर उनी अर्को बलमा बोल्ड भए । उनले ३७ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ७५ रन बनाए । रसेल र वेंकटेशले ब्रारलाई छक्का प्रहार गर्दै केकेआरलाई १५ ओभरमा १९० रनमा पुर्याए । रसेलको आक्रमण जारी थियो । उनले एक छक्का र एक चौका प्रहार गर्दै कोलकातालाई १५.२ ओभरमा २०० रनभन्दा माथि पुर्याए । अर्को बलमा उनी क्याच भए । उनले १२ बलमा २४ रन बनाए ।

रसेल आउट भएपछि केही समय रन बनाउने गति घट्यो तर १८ औं ओभरमा करनलाई कप्तान श्रेयस अय्यरले चार बलमा तीन छक्का र चौका प्रहार गर्दै ओभरमा कुल २४ रन बनाए । तर, उनी अर्को ओभरमा अर्शदीपको बलमा बाउन्ड्रीमा क्याच आउट भए । उनले १० बलमा तीन छक्का र एक चौकाको मद्दतले २८ रन बनाए । २० औं ओभरको पहिलो बलमा रिंकुले चौका प्रहार गर्दै कोलकातालाई २५० रनमा पुर्याए तर अर्को बलमा उनी आउट भए । यस ओभरमा वेंकटेश पनि २२ बलमा ३९ रन बनाएर रनआउट भए ।