• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई

चार महिनाका उत्कृष्ट ५ नायकहरु



काठमाडौं, ८ पुस । 

नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) ले आयोजना गर्दै आएको “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार” को दोस्रो संस्करण “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” को प्रारम्भिक मनोनयन भाग २ सार्वजनिक गरिएको छ । हरेक ४/४ महिनामा सार्वजनिक गरिने प्रारम्भिक मनोनयन २०७० भाद्र १ देखि मंसिर मसान्त सम्म सार्वजनिक प्रदर्शनमा आएका कुल २९ चलचित्रको मुल्यांकन गरिएको छ । १७ बिधाका लागि सार्वजनिक मनोनयन अन्र्तगत शिब सर्वोत्कृष्ट अभिनेताको बिधामा मधुमासबाट आर्यन सिग्देल, मौनबाट अर्पण थापा, लोफरबाट दयाहाङ राई, ढुवानीबाट किशोर खतिवडा र ग्याम्बलरबाट सुमन सिंह मनोनयनमा छन् । भुवन सर्वोत्कृष्ट अभिनेत्रीका लागि कोही त छ बाट झरना थापा, मौनबाट नम्रता श्रेष्ठ, उर्वशीबाट नीता ढुङ्गाना, कालीबाट रेखा थापा र स्टारबाट सुमिना घिमिरे बिच प्रतिष्पर्धा हुनेछ ।

 

प्रकाश सर्वोत्कृष्ट निर्देशकको बिधामा होस्टेलबाट हेमराज वि.सी., ढुवानीबाट पिताम्बर पाण्डे, मौनबाट सुरज भुषाल, मधुमासबाट सुदर्शन थापा र कालीबाट सविर श्रेष्ठ मनोनयनमा परेका छन् । यस्तै हिरा सर्वोत्कृष्ट चलचित्रको बिधामा दुर्गिस फिल्मस्को होस्टेल, कविता फिल्मस्को ढुवानी, क्वार्क फिल्म एण्ड आकाश आदीत्य इन्टरटेनमेन्टको मौन, फ्राइडे फिल्मस् को मधुमास र रेखा फिल्मस्को काली उत्कृष्ट ५ को मनोनयनमा छन् । यस्तै नीर सर्वोत्कृष्ट सहअभिनेताको बिधामा होस्टेलबाट गौरव पहारी, मधुमासबाट मनोज आर.सी., राजनीतिबाट रमेश बुढाथोकी, लोफरबाट सागर लम्साल र सौर्यबाट सौगात मल्ल मनोनयनमा छन् ।

 

यता वसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्रीको बिधामा उत्कृष्ट ३ को मात्र मनोनयन सार्वजनिक गरीएको छ । जसमा उर्वशीबाट अरुणिमा लम्साल, राजनीतिबाट पवित्रा आचार्य र मधुमासबाट शिवाङ्गनिी राणा मनोनयनमा परेका छन् । यस्तै विश्व सर्वोत्कृष्ट नवअभिनेताको बिधामा पनि ४ जना मात्र मनोनयनमा छन् । जसअन्र्तगत होस्टेलबाट अनमोल के.सी., सौर्यबाट अनुपविक्रम शाही, उर्वशीबाट किशोर श्रेष्ठ र होस्टेलबाट सलोन बस्नेत छन् ।

 

चैत्य सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा हाम्री चेलीबाट अञ्जु निरौला, राजनीतिबाट कोमल वली, होस्टेलबाट प्रकृति श्रेष्ठ, मधुमासबाट पूजा शर्मा र ढुवानीबाट सगुन शाही रहेका छन् । राष्ट्रिय चलचित्र पुरस्कार २०७० को प्रारम्भिक मनोनयन भाग २ अन्र्तगत चेतन सर्वोत्कृष्ट पटकथा लेखनका लागि मौनबाट अर्पण थापा, हाम्री चेलीबाट मनिष पन्थ, मधुमासबाट दिनेश न्यौपाने र अविनाश बिक्रम शाह, होस्टेलबाट हेमराज बिसी र ढुवानीबाट पिताम्बर पाण्डे रहेका छन् ।

 

यस्तै भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशकको बिधामा ढुवानीबाट देव महर्जन, वार, बाउन्सर र ग्याम्बलरबाट हिमाल केसी र कालीबाट रोशन श्रेष्ठ मनोनयनमा छन् । हिमाल एकै बिधाका लागि ३ चलचित्रबाट मनोनयनमा परेका हुन । मञ्जु सर्वोत्कृष्ट छायाँकारको बिधामा उर्वशीबाट दीव्य सुबेदी, मधुमासबाट दीपक बजाचार्य, होस्टेलबाट हरि हुमागाई, ढुवानीबाट पुरुषोत्तम प्रधान र मौनबाट सञ्जय लामा मनोनयनमा छन् ।

 

यता तुलसी सर्वोत्कृष्ट सम्पादकका लागि कालीबाट बनिष शाह र अर्जुन जि.सी., सौर्यका लागि चन्दन दत्त र बिशाल कोइराला, मौनका लागि निमेश श्रेष्ठ, र होस्टेल र ढुवानीबाट सुरेन्द्र पौडेल मनोनयनमा परेका छन् । यस्तै प्रदीप सर्वोत्कृष्ट ध्वनी पुनः मुऽणका लागि सौर्यबाट विशेष पाण्डे, कालीबाट मुकेश शाह, लोफरबाट नारायण जोशी र ढुवानी र होस्टेलबाट उत्तम न्यौपाने मनोनयनमा छन् । यस बिधामा उत्तम ढुवानी र होस्टेल दुई चलचित्रबाट परेका छन् ।

 

सर्वोत्कृष्ट संगीतकारको बिधामा चलचित्र राजनीतिको ए हावा र विन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट अर्जुन पोखरेल, कालीको स्लोली स्लोलीबाट वसन्त सापकोटा, जंजीरको किन गाह्रो गाह्रो बोलको गीतबाट टंक बुढाथोकी र मधुमासको आँटी सक्यो बोलको गीतबाट सुरेश अधिकारी मनोनयनमा परेका छन् । उदित सर्वोत्कृष्ट पाश्र्वगायनका लागि मधुमासको आँटीसक्यो बोलको गीतबाट अञ्जु पन्त, सोही गीतबाट दीपक लिम्बु, कालीको स्लोली स्लोलीबाट मिलन अमात्य, राजनीतिको ए हावा बोलको गीतबाट सञ्जिवनी र बिन्दास २ को सुन्छु तिमीले बोलको गीतबाट शिव परीयार मनोनयनमा परेका छन् ।

 

यस्तै शुभ सर्वोत्कृष्ट पाश्र्व संगीतको मनोनयनमा ग्याम्बलरबाट एलिस कार्की, राजनीतिबाट अमित श्रेष्ठ, होस्टेल र मौनबाट रोहित शाक्य र ढुवानीबाट सुजिल कर्माचार्य छन् ।वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको लागि कालीको स्लोली स्लोली र लोफरको एक्कासी दुक्कासी बोलको गीतबाट कविराज गहतराज, मधुमासको आँटीसक्यो बोलको गीतबाट रिनाशा राई, उर्वशीको सजाउँला बोलको गीतबाट बब्बु थापा र ग्याम्बलरको कति खुशी बोलको गीतबाट राजन राई मनोनयनमा परेका छन् । वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशकको बिधामा कविराज गहतराज दुई चलचित्रबाट मनोनयनमा छन् ।