१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई ‘वटुक’ को स्वस्तिवाचन



अ+ अ-

महोत्तरी । पीत (पहेँलो) वस्त्रधारी वटुक (संस्कृत विद्यालयका छात्र) को सामूहिक स्वर लयमा गुञ्जियो, ‘स्वस्ति न इन्द्रो वृहदश्वा, स्वस्तिन पुषा।।।।।’ मुलुककै जेठो मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आज प्रवेश गर्दा देखिएको दृश्य हो यो । विद्यालयमा नियमित रुद्राभिषेक गुञ्जने र आउने अतिथिलाई ‘स्वस्तिवाचन’ बाट स्वागत गरिने अब परम्परा नै बनेको प्राचार्य (प्रधानाध्यापक) ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ ।

विसं १७७५ मा जयकृष्ण दास नाउँका एक सन्तले स्थापना गर्नुभएको गुरुकुल कालान्तरमा संस्कृत पाठशाला भनिँदै अब राजकीय संस्कृत माविका नाउँमा सञ्चालित छ । करिब १५ कट्ठा  क्षेत्रफलमा फैलिएको कक्षा ८ देखि १२ सम्म अध्यापन हुने विद्यालयमा अहिले मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुमा महोत्तरीबाहेक विकट पहाडी जिल्ला दैलेखका बढी छन् ।

विगतमा ब्राह्मण जातिका वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्राले पढ्न पाउने भएका छन् । विद्यालयमा हिन्दू परम्पराका विभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका छात्र पनि रहेका प्राचार्य पौडेलले राष्ट्रपतिलाई अवगत गराउनुभयो ।

मुलुकको राजगुठीबाट विद्यालयको छात्रावासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । यसको स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ ।

मुलुकमा शिक्षाको प्रसारमा योगदान दिनुभएका शैक्षिक क्षेत्रका अग्रदूत बालगुरु षडानन्दले शिक्षा आर्जन गर्नुभएको यो विद्यालयमा पढेका सयौँ विद्यार्थीले देशका विभिन्न क्षेत्रको विशिष्ट सेवामा योगदान दिएका प्राचार्य पौडेलले सम्झना गर्नुभयो ।

राष्ट्रपति भण्डारीले गहिरो अभिरुचिका साथ विद्यालयको अवस्थाबारे जानकारी लिनुभयो । यसपालिको वर्षाकालमा विद्यालयको पुरानो भवन लडेको र छात्रछात्रालाई पठनपाठनमा भौतिक पूर्वाधारको अभाव भएको सो अवसरमा राष्ट्रपतिलाई जानकारी गराइएको थियो । विद्यालयमा समयानुकूल पठनपाठनका विषय थपिन आवश्यक रहेको र व्यावसायिक शिक्षा प्रवद्र्धनका लागि आयुर्वेद विषयको अध्ययन÷अध्यापनको खाँचो महसुस गरिएको प्राचार्य पौडेलले बताउनुभयो ।
    
मटिहानी नगरपालिकाले निर्माण गरेको रङ्गशाला उद्घाटन गर्न आउनुभएका राष्ट्रपतिले मुलुककै जेठो विद्यालयको अवलोकन गर्नुभएको हो । रासस