• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

‘शान्तिको लागि शिक्षा’ अभियानको समापन आज



काठमाडौं, १४ पुस । 

पूर्व झापादेखि पश्चिम बर्दियासम्मको यात्रापछि ‘शान्तिको लागि शिक्षा’ अभियानसहित मुलुक भ्रमण गरेको ‘नेपथ्य’ टोली राजधानी फिर्ता आएको छ । टोलीले मंसीर २१ गते चितवनको रत्ननगरबाट थालनी गरेको थियो। त्यसैगरि मोरङको विराटचोक, झापाको दमक, सर्लाहीको लालबन्दी, कपिलबस्तुको तौलिहवा, बर्दियाको गुलरिया, दाङको लमही, तनहुँको आँबुखैरेनी, म्याग्दीको बेनीहुँदै कास्कीको गगनगौंडामा कार्यक्रम देखाएको थियो । सन् २००२ बाट ‘नेपथ्य’ले प्रारम्भ गरेको ‘शान्तिको लागि शिक्षा’को यो पाचौँ श्रृंखला हो । यो श्रृंखलाकै समापनका रुपमा आज आइतबार काठमाडौं उपत्यकाका दर्शकहरुको निम्ति ‘नेपथ्य’ ऐतिहासिक ललितपुर दरवार स्क्वायरमा प्रस्तुत हुँदैछ ।