• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह ★   ‘ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प’ ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीमा ४ खेलाडी थप ★   छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ ★   भ्रष्टाचार अभियोगमा मुद्दा दायर ★   धरौटीमा छुटेलगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा ★   हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर ★   ‘डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत लागेको थियो ★   चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ: गभर्नर अधिकारी

जाडो र त्राश सँगसँगै हलमा



काठमाडौं, १४ पुस ।

जाडो र बलिउड चलचित्र धुम -३ सँग डराएका नेपाली चलचित्रहरु अब बिस्तारै प्रर्दशनमा आउने भएका छन् । आउने शुक्रबार अर्थात पुस १९ गते चलचित्र ‘त्राश’ प्रदर्शन हुने भएको छ । गायक प्रकाश ओझाको निर्माण तथा निर्देशनमा बनेको ‘त्राश’ केही वर्ष अगाडी नै निर्माण भएको चलचित्र हो । चलचित्रमा नायक जीवन लुईटेलका भाई निराजन लुईटेलको साथमा अयुब केसी, अनु शाह, रिया श्रेष्ठ, प्रकाश सुब्बाको साथमा झरना थापाको बिशेष भूमिका रहेको छ । ‘त्राश’ एक्शन शैलीको चलचित्र हो ।

 

निर्देशक ओझाको कथा तथा संगीत रहेको यो चलचित्रमा हिमाल जोशीको सम्पादन, प्रदिप खड्काको द्धन्दनिर्देशन, पूर्नम राईको करियोग्राफी रहेको छ । पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेको यस चलचित्रलाई रोशन श्रेष्ठले खिचेका हुन् ।