
काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता अभिनेता पल शाहलाई अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ ।
किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको हो ।
बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।
प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।