१५ आश्विन २०८१, मंगलवार
,
Latest
दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक ललितपुरमा वर्षाजन्य विपद्: थप छ जनाको शव भेटियो मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला सुनसरीमा बाढीले कृषि क्षेत्रमा बढी क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशन : सुरुआती परिणाममा देउवालाई स्पष्ट बहुमतको संकेत



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरुको परिणाम सार्वजनिक भइरहेको छ । प्रदेश नं २ बाहेकका अरु प्रदेशहरुमा हिजोदेखि शुरु भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनका परिणामहरु आइरहेका छन् । कतिपय जिल्लाका परिणामहरु आइरहेका छन् भने अरु कतिपय जिल्लामा मत गणना सुरु भएको छ । केहीमा भर्खरै मत गणना सुरु भएको छ भने अरु केही जिल्लामा आज मतदान हुने भएको छ । केही जिल्लामा मतदान सुरु पनि भएको छ । 

यसैबीच सुरुआती मत परिणामअनुसार काँग्रेसमा संस्थापन पक्षका प्रतिनिधिहरु बढी आएका देखिएको छ । सुरुआती परिणामअनुसार संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु धेरै आएका छन् । हुनत मत परिणाम पूरै रुपमा आउन बाँकी नै छ । तर पनि अहिलेसम्मको मत परिणामअनुसार संस्थापन पक्षका प्रतिनिधिहरु कम्तीमा पनि ६० प्रतिशतको हाराहारीमा आएका छन् । 

जिल्ला जिल्लाबाट प्राप्त भएको मंगलबार बिहानको मत परिणामअनुसार अधिकांश जिल्लामा देउवा पक्षका प्रतिनिधिहरु आएका छन् । त्यसपछि पौडेल पक्षका छन् भने तेस्रो स्थानमा कृष्णप्रसाद सिटौला पक्षका उम्मेदबारहरु विजयी भएका छन् । प्रकाशमान सिंह र बिमलेन्द्र निधिको पक्षका प्रतिनिधिहरु भने नगण्य मात्र छन् । 

एक नम्बर प्रदेशमा शशांक-शेखर कोइराला पक्षका प्रतिनिधिहरु रहेका भनिए पनि त्यहाँ शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु धेरै आएका छन् । त्यसैगरी रामचन्द्र पौडेलको प्रभाव रहेको ठानिने गण्डकी प्रदेशमा पनि मंगलबार बिहान प्राप्त भएको परिणाममा शेरबहादुर देउवा पक्षका प्रतिनिधिहरु पचास प्रतिशतको हाराहारीमा आएका छन् । 

उता कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने देउवाको एकलौटी देखिएको छ । ती दुवै प्रदेशको अहिलेसम्मको परिणाममा देउवाको ७० प्रतिशतभन्दा बढी प्रतिनिधि आएका छन् ।    

महाधिवेशन जति नजिकिँदै छ, त्यति नै पौडेल पक्षको भनिएको गुटमा गडबडी बढिरहेको पनि देखिएको छ । अनि गुट बन्ने र भत्किने क्रम पनि जारी छ । खासगरी पछिल्लो समय सभापति पदका आकांक्षी रामचन्द्र पौडेलको गुट छिन्नभिन्न हुन पुगेको हो । 

पौडेलले अघिल्लो शुक्रबार बोलाएको गुट भेला प्रकाशमान सिंहले वहिष्कार गरेबाट उत्पन्न भएको तरंगले धेरैतिर हानेको छ । यसले पौडेल समूह भनिएको कोइरालाहरु समेत एक नरहने निश्चित देखिएपछि यसको प्रभाव महाधिवेशन प्रतिनिधिमा पनि परेको छ । यस कारण वर्तमान सभापति शेरबहादुर देउवा समुहलाई आगामी नेतृत्व प्राप्त गर्न निकै सहज हुने परिस्थिति बन्दै गएको छ ।