२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हवल्दार सुन्तली’को फस्टलुक पोस्टर सार्वजनिक



अ+ अ-

चलचित्र लज्जाको सफलताले हौसियका निर्माता छबिराज ओझाले अर्को चलचित्र ‘हवल्दार सुन्तली’को फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । लज्जाबाट डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेलको शिर्ष भूमिका रहेको यो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

चलचित्र हवल्दार सुन्तलीलाई आउँदो चैत्र २७ गते प्रर्दशन गर्ने उद्देश्य निर्माण पक्षको रहेको छ । हामीले लज्जाबाट सफलता हात पारिसक्यौं अब हवल्दार सुन्तलीलाई ध्यान दिनेछौं, निर्माता छविराज ओझाले भने । ‘हवल्दार सुन्तली’ प्रर्दशन हुने दिन विनय श्रेष्ठले निर्माण गरेको चलचित्र रेशम फिलिली र बिकास आचार्यको नाईं नभन्नु ल ३ रिलिज हुने चर्चा छ ।

आफ्नै सहकर्मीबाट बलकृत भएकी प्रहरी हवल्दार सुन्तली धामीमाथिको सत्य घटनामा बनेको यो चलचित्रमा शिल्पाको अलवा किशोर खतिवडा र सविन श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।