• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

‘टलकजंग भर्सेस टुल्के’लाई दर्शकको साथ



निश्चल बस्नेत निर्देशित दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले राजधानीका हलहरुमा सन्तोषजनक ब्यापार गर्न सफल भएको छ । वितरण कम्पनी पपकर्नका माधव वाग्ललेका अनुसार ‘टलकजंग भर्सेस टुल्के’को अकुपेन्सी सिङ्गल स्टेशनको दाँजोमा मल्टिप्लेक्स स्टेशनमा उच्च छ । राजधानीका क्युएफएक्स अन्र्तगतका सिभल मल, कुमारी, जय नेपालमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले ७ शो पाएको छ । त्यस्तै सुन्धाराको सिने दि सेफ, कमलपोखरीको बिग मुभिज, चावाहिलको गोपिकृष्ण सिनेमा घर, बालाजुको अष्ट नारायण, ग्वार्कोको गुण सिनेमा हल लगायत हलमा फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शनरत छ । चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जलमार्फत चलचित्रको प्रसंसा गरेका छन् ।

मोफसलमा कार्तिक २१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ निर्देशक निश्चल बस्नेतकै कारणले प्रतिक्षित बनेको थियो । सफल चलचित्र ‘लुट’ पछि बस्नेत निर्देशित दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट दर्शकहरु बढी अपेक्षित हुनु पनि श्वभाबिक नै हो । चलचित्र ‘टलकजंज भर्सेस टुल्के’ मा खगेन्द्र लामिछाने, ऋचा शर्मा, दयाहाङ राई, सुशांक मैनाली लगायतको अभिनय छ । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यो चलचित्रलाई रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ । खगेन्द्र चलचित्रका लेखक समेत हुन् । लप्पन छप्पन नजान्ने एक सोझो गाँउले ठिटोले आफ्नो गुमेको परिचय खोज्न गरेको संघर्षको कथालाई चलचित्रमा उठान गरिएको छ । द्धन्द्धकालिन पृष्ठभूमिमा टुल्के नाम गरेको पात्रले समाजमा आफ्नो अस्तित्व स्थापित गर्न गर्नु परेको संघर्ष नै ‘टलकजंग भर्सेस टुल्के’ को मूल सार हो ।