• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

फेशबुकबाटै सार्वजनिक गरिन् नीताले प्रेमी



चलचित्र नोटबुकबाट रजतपटमा प्रबेश गरेकी अभिनेत्री नीता ढुंगानाले नव–कलाकार अमेश भण्डारीसँग विगत ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । दिनेश डीसीको निर्देशनमा बनिरहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’मा अभिनय गर्दै गरेकी नीताले सोही चलचित्रका अभिनेता अमेशसँग गहिरो प्रेममा रहेको खुलासा गरेकी हुन् । नीता र अमेश सानैदेखिका साथी पनि हुन् ।

फेसबुकमा ‘वीथ माइ लभ’ लेख्दै नीताले अमेशसँगको प्रेम सार्वजनिक गरेकी हुन् । ३ बर्ष अगाडि एउटा स्कुलको कार्यक्रममा पुग्दा अमेशसँग भेट भएको नीताले बताएकी छिन् । यो जोडी अर्को बर्ष बिहे गर्ने योजनामा रहेको बुझिएको छ । नीताले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । नीताकी काकीको साथीका छोरा अमेश अभिनेता, गायक तथा संगीतकार पनि हुन् ।