• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि ★   समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ? ★   ट्रक चलाउँदै टिकटक ‘लाइभ’मा आएका चालकलाई ट्राफिक प्रहरीको कारबाही ★   अमेरिकी फ्रिडम पार्टीको घण्टी यहाँ पनि आयोः ओली ★   सबै दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए: पूर्वसचिव शारदाप्रसाद त्रिताल ★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल ★   यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी ★   महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग(भिडीयोसहित) ★   थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त ★   पहिलो जितको खोजीमा आयोजक कतार, अमेरिकालाई इरानको चुनौति

फेशबुकबाटै सार्वजनिक गरिन् नीताले प्रेमी



चलचित्र नोटबुकबाट रजतपटमा प्रबेश गरेकी अभिनेत्री नीता ढुंगानाले नव–कलाकार अमेश भण्डारीसँग विगत ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । दिनेश डीसीको निर्देशनमा बनिरहेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’मा अभिनय गर्दै गरेकी नीताले सोही चलचित्रका अभिनेता अमेशसँग गहिरो प्रेममा रहेको खुलासा गरेकी हुन् । नीता र अमेश सानैदेखिका साथी पनि हुन् ।

फेसबुकमा ‘वीथ माइ लभ’ लेख्दै नीताले अमेशसँगको प्रेम सार्वजनिक गरेकी हुन् । ३ बर्ष अगाडि एउटा स्कुलको कार्यक्रममा पुग्दा अमेशसँग भेट भएको नीताले बताएकी छिन् । यो जोडी अर्को बर्ष बिहे गर्ने योजनामा रहेको बुझिएको छ । नीताले प्रेम सार्वजनिक गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् । नीताकी काकीको साथीका छोरा अमेश अभिनेता, गायक तथा संगीतकार पनि हुन् ।