• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ

त्रासमय यात्रा कतिन्जेल सरकार ?



एक दशक भन्दा बढी समय युद्ध चलेको नेपालमा विभत्स रुपमा हजारौ नेपालीले अकालमै ज्यान गुमाएको त्यो तितो क्षण विस्तारै मेटिइसकेको यस घडीमा अब कोही पनि नेपालीले अकालमै ज्यान गुमाउदैनन् होला भन्ने लागेको थियो । तर द्धन्द्धकालिन समय झल्काउने गरी अर्को भयावह अनि उग्ररुप लिई विभत्स रुपमा पुन सर्वसाधारण नेपाली जनतालाई अकालमै ज्यान गुमाउन बाध्य तुल्याउने साधन बनी खडा बनेको छ अहिले यातायातका साधन । यहाँ चालकको लापरबाही होस् या पैदल यात्रुको लापरबाही अनि यान्त्रिक गडबढीका कारण सवारी साधन दुर्घटना नपरेको कुनै दिनै हुँदैन ।

गाडी चढेर सुखद यात्राको दुरी निर्धारण गरेता पनि अहिले सकुशल रुपमा गन्तव्यमा पुग्ने निश्चयता छैन किनकि यहाँ एकपछि अर्को गर्दै ठुला ठुला दुर्घटनाका घटनाहरु दोहोरिदै गएका छन् जसले यात्रुको यात्रालाई भयानक बनाइदिएको छ । गाडी चढेर कतै जाने यात्रामा निश्कनु त अहिले जानाजान आफ्नो खुट्टामा आँफै बन्चरो हान्नु जस्तै भएको छ । मानव मृत्युको अर्को उग्र रुप अहिले सडक यातायातले लिइरहेको छ । दशै पछि भएका विभिन्न दुर्घटनाहरुमा परि सैयौ निर्दोष सर्वसाधारण जनताले अकालमै ज्यान गुमाएका छन् जसको कारक बन्यो सडक यातायात । नेपालमा हुने दुर्घटनामा लगभग ७०–८० प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने प्रतिवेदन अनि दुर्घटना पश्चात गरिने प्रहरीको अनुसन्धानले पनि बताएकै छ तर पनि चालकलाई शिक्षित तुल्याउने अनि चेतना जगाउने प्रयास अहिले सम्म भएको छैन यो हामी सर्वसाधारण जनताको लागि दुर्भाग्य हो, बिडम्बना हो ।

बिहानीपख जुरुक्क उठेर सुनौलो दिनको कामना गर्दै अखबार हेर्दा हरेक दिन दुर्घटनाको खबर प्रकाशित भएको देखिन्छ जसले मनै क्षतविक्षेद गरिदिन्छ । यतिका धेरै दुर्घटना बढ्दा पनि राज्यको नियामका संयन्त्र अहिले सम्म दुर्घटना न्युनीकरण गर्न गम्भिर रुपमा लागेको देखिएको छैन । सर्वसाधारण जनताले बिना डर, त्रास शान्ति पुनस्थापना भएपछि पनि यात्रा गर्न पाएका छैन द्धन्दकालिन समयमा पहिले एम्बुन्समा परिने डर थियो भने अहिले गाडी पल्टने या ठोक्कने डर छ । आखिर डर, त्रास यथावतै छ । दुर्घटना बढ्नुमा चालकको लापरबाही मात्र यहाँ कारक बन्दैन जो प्रत्यक्ष रुपमा बाहिर देखिन्छ र हामी व्यक्त गर्दछौ र अप्रत्यक्ष रुपमा पनि यहाँ थुप्रै कारण छन् जस्तो यातायात ऐन नियम कमजोर रहनु भएको पनि कार्यान्वयन गर्न नसक्नु, साँघुरा सडक रहनु, खाल्डाखुल्डी बढी रहनु अत्याधिक भारवहन क्षमता चेकजाँच नगरीनु पनि दुर्घटना निम्ताउने प्रमुख कारक तत्व हुन् । यसतर्फ सरकारी संयन्त्रको ध्यान कहिले जाने रु त्यस्तै सानो एउटा कार्यालयमा सेल्समेन बन्नका लागि ४/५ वर्षको कार्यअनुभव देखाउनपर्छ तर यहाँ ४०/५० यात्रुहरुलाई सकुशल गन्तव्यमा पुर्याउने अठोटका साथ सवारी साधन हाँक्ने गुरुजीको कार्यअनुभव खोजिदैन । लाइसेन्स लिएकै दिनबाट सवारी हाँक्न दिइन्छ किन, सायद दुर्घटना निम्ताउने प्रमुख कारण नै यहि हो ।

प्राय दुर्घटनामा गरिने सोधपुछ, छानविन, बयानले सबै दुर्घटनालाई एउटै नजरले हेर्ने गरीएको छ, जुन पक्कै पनि व्यवहारिक देखिदैन जसलाई समय सान्दर्भिक परिवर्तन गर्न आवश्यक छ । चालकको लापरवाहीले हुने अधिकांश दुर्घटनालाई पनि यहाँ समान चश्मा अर्थात यान्त्रिक समस्या, पैदल यात्रुको लापरवाही वा अन्य कारणले हुने दुर्घटनालाई हेर्ने चश्माबाट हेर्ने गरिन्छ । जसले दुर्घटना न्युनिकरण गर्नका लागि कुनै पहल गर्दैन । छिमेकी मुलुक वा विश्वका अन्य मुलुकमा हेर्ने हो भने चालकको लापरवाहीको कारण दुर्घटना हुँदा उसलाई हदै सम्मको कार्बाही गरिन्छ । तर यहाँ दवावकै भरमा चालकलाई चाँडै उन्मुक्ति दिइन्छ । यदि साँचिक्कै सरकार अनि ट्राफिक प्रहरी दुर्घटना न्युनिकरण गर्न लागि परेको हो भने लापरबाहीबाट दुर्घटना गराउने सवारी चालकलाई सर्वस्व सहित जन्मकैदको व्यवस्था गर्नुपर्छ अनि मात्र सडक दुर्घटना न्युनिकरण गर्न सकिन्छ । त्यस्तै ठुला सवारी साधन चलाउनेको हकमा कम्तीमा पनि १० वर्ष साना तथा हलुका सवारी साधन हाँकेको कार्यअनुभव रहनुपर्ने व्यवस्था ऐनमै उल्लेख गर्नपर्छ र साँघुरिएका प्रत्येक सडकलाई फराकिलो बनाउनुपर्छ । अनि मात्र दिनहुँ हुने दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ अन्यथा समस्या जहाँको त्यहीँ नै रहन्छ हामी सबै अकालमै मृत्युवरणको झझल्को लिदै प्रत्येक यात्रामा निस्कि नै रहनुपर्छ । (लेखकको ब्लगबाट)