१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी को हो ? को होइन ?



अ+ अ-

काठमाडौं ।  यतिखेर मुलुकमा जेनजी शब्द खुब चर्चित छ । उमेर समूह अनुसार लिइने यो शब्दको नाम गत भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसले गरेको सत्ताको उलटपुलटपछि बढी चर्चामा आएको हो ।

मुलुकको सत्ता परिवर्तनका लागि जेनजीको आन्दोलन नै कारक रहेको भन्दै वर्तमान सरकारले उनीहरुलाई सरकारमा पनि सहभागी गराएको छ र सरकारले गर्ने आवश्यक छलफल तथा निर्णय आदिमा पनि उनीहरुलाई सहभागी गराउने गरेको छ ।

तर जेनजी को हुन् र को होइनन् भन्ने बारेको पहिचान भने अझै पनि हुन सकिरहेको छैन । त्यो आन्दोलनका अगुवा को हुन् र को होइनन् भन्ने पनि स्पष्ट छैन । अनि आगजनी, तोडफोड आदिबाट मुलुकमा विध्वसं मच्चाउने को हुन् या कसको आदेश निर्देशनमा त्यसो गरेका हुन् भन्ने पनि अहिले स्पष्ट छैन । तर पनि जेनजी शब्द भने अहिले पनि चर्चामै छ ।

आज राजधानीमा आयोजना भएको एक कार्यक्रमको प्रसंग यहाँ कोट्याउन खोजिएको छ । सो कार्यक्रम नेपाल कानुन समाजले आयोजना गरेको थियो र विषय थियो आगामी निर्वाचनका अवसर र चुनौती । सो कार्यक्रममा जेनजीको सहभागिता गराइएको थियो ।

कार्यक्रमका वक्ताहरु थिए पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, पूर्व सांसद तथा मन्त्रीहरु एवं वर्तमान मन्त्री समेत । सो कार्यक्रममा सहभागी भएका जेनजीहरुमध्ये दुई जना मञ्चमै राखिएको थियो, मिराज ढुंगाना र भावना राउत

अनि तल अर्थात् श्रोताका रुपमा सहभागी थिए लेनिन विष्ट, विभु पहारी आदि । मञ्चका दुई जना त आफूले आफ्ना भनाई राखेर हिँडे । उनीहरु सो कार्यक्रममा सहभागी रहेका विशिष्ठ व्यक्तित्वहरुको अनुभव र कुराकानी सुन्नै चाहेनन् । त्यहाँ संविधान, सरकार, आसन्न निर्वाचन र यसको सफलताका लागि आवश्यक कुराहरुका बारेमा व्यापक विचार विमर्श भइरहेको थियो ।

मञ्चका दुवै जनाले भाषण पनि गरे । सो भाषणमा मिराजले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने माग गरे भने राउतले यस्तो एजेण्डा जेनजी आन्दोलनको हुँदै नभएको जिकिर गरिन् । उनीहरुका बीचमा नै एजेण्डामा सहमति हुन सकिरहेको थिएन ।

उनीहरु दुवै जनाका आआफ्ना तर्क सुन्दा हासिरहेका थिए दर्शक दीर्घमा सहभागी पाहुनाहरु । त्यसपछि उनीहरुपछि बोल्न बाँकी धेरै विशिष्ट पाहुनाहरु थिए तर आफ्ना भनाई राखिसकेर उनीहरु हिँडेपछि पनि उपस्थित सबै हासेका थिए ।

त्यसपछि प्रमुख अतिथिका रुपमा बोल्न बाँकी थिए पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ । उनको भाषणभन्दा अघि सबैलाई प्रश्न राख्ने अवसर दिइयो र पुनः तल बसेका जेनजीहरु लेनिन विष्ट र पहारी लगायतले बोल्ने थाले । उनीहरुले अरु भन्दा पनि अघि किन दुई जनालाई मञ्चमा राखेको भनेर प्रश्न गर्न थाले ।

उनीहरुले आयोजकहरुलाई नै चुनौती दिँदै पहिला आन्दोलनमा सहभागी भएका जेनजीलाई चिन्नुहोस् र बल्ल यस्ता कार्यक्रमहरुमा सम्बोधन गर्नुहोस् भन्ने प्रश्न गरे । उनीहरु मिराज र भावनालाई आन्दोलनमा पनि सहभागी नभएका नक्कली जेनजी सम्म भन्न भ्याएका थिए ।

त्यसपछि भने दर्शक दीर्घामा रहेका सहभागीहरुले जेनजी को हुन् र को होइनन् भन्ने विषयको पहिचानकै लागि एक आयोग गठन गर्नुपर्ने तर्क गरेका थिए । उनीहरु आन्दोलन यिनै जेनजीले गरे र सत्तापलट पनि गरे । तर आज जेनजी को हुन् भन्ने बारेमा राष्ट्र नै दुविधामा रहेको बताएाक थिए ।