४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

जब आर्यघाटमै पुगेर कुकुरले मालिकलाई श्रद्धाञ्जली दियो…

जब आर्यघाटमै पुगेर कुकुरले मालिकलाई श्रद्धाञ्जली दियो…
अ+ अ-

काठमाडौं । त्यसो त आर्यघाटका सबै दृश्य हृदयविदारक नै हुन्छन् । जहाँ मानिसको इहलिला सकिन्छ, कसैको पार्थिव शरीर अन्त्येष्टिका लागि चितामाथि राखिन्छ, फूलमाला चढाउँदै मानिसहरु अलाप बिलाप गरिएकै हुन्छ ।

शोकाकुल परिवारका आँशु र बिलौनाले सन्नाटा छाउँछ, अनि त्यहाँ पुगेका आफन्त त भैगए, मलामीले पनि मन थाम्न सक्दैनन् ।

कसैको भौतिक शरीर विलिन हुँदैगर्दाको आर्यघाटका यस्तै यस्तै कारुणिक दृश्यहरुमा आज एउटा अनौठो र बडो भावुक दृश्य देखापर्यो ।

अरुबेला जस्तै आज पनि घाटमा थियो एउटा पार्थिव शरीर र त्यसमाथि छपक्कै छन् फूलमाला । आफन्तको अन्तिम विदाइका लागि चितामाथि शोकाकुल परिवारका सदस्य परिक्रमा गरिरहेका छन् । र, उनीहरुसँगै आफ्ना मालिकको अन्तिम विदाईमा कुकुर पनि पार्थिव शरीरको फेरो लाउँदैछ ।

यो भौतिक संसारबाट विदा लिँदै गरेका मालिकलाई विधिपूर्वक विदाई गर्दैछ एउटा सेतो रंगको कुकुर । अनि, परिवारका अरु सदस्य जस्तै उ पनि मालिकको विदाइको क्षणमा निकै हतास देखिन्छ, अनुहार मलिन देखिन्छ ।

यसो हेर्दा लाग्छ, शोकाकुल परिवारका अरु सदस्यका जस्तै उसका आँखामा पनि गहभरि आँशु देखिन्छ । शब्दले व्यक्त गर्न नसकेपनि मनमनै श्रद्धाञ्जली भनिरहेको छ उसले ।

उसले आज अन्तिम विदाई गरेका मालिक हुन् रुपक दर्शन । उनैले बडो माया गरेर पालेका थिए उसलाई । रुपकको दुई दिनअघि निधन भएको थियो र आज आर्यघाटमा अन्त्येष्टि ।

रुपक मुटु, मिर्गौला र फोक्सोसम्बन्धी रोगसँग जुधिरहेका थिए । उनको त्यो १४ बर्षे कुकुर उनले अन्तिम सास फेर्दासम्म पनि आफूसँगै थियो ।

तिनै रुपकले आफ्नो मृत्युपछि कुकुरलाई आर्यघाटमा ल्याउनु भनी अन्तिम इच्छा व्यक्त गरेका रहेछन् र सोही बमोजिम उसलाई पनि त्यहाँ पुर्याइएको पशुप्रेमी इरफान खानले जानकारी दिए ।

इरफानले भने ‘रुपक दाइले आफ्नो निधनपछि कुकुरलाई पनि श्रद्धाञ्जली दिनका लागि घाटसम्म लैजानु भनेका थिए । त्यही अनुसार हामीले कुकुरलाई आर्यघाटमा लगेर अन्तिम संस्कारमा सहभागी गराएका हौं ।’

आज घाटमा उपस्थित आफन्त, मलामी र अरुहरुले पनि यो बडो अनौठो तर दुःखदायी दृश्य देखेका थिए । उनीहरु भन्दै थिए, यो पशुप्रेम निकै उच्च कोटीको रहेछ, जीवनमा पहिलो पटक देखिएको यस्तो दृश्यले निकै भावुक बनायो ।

कसैको मृत्युपछि यसरी अन्तेष्टिमा कुकुरलाई सहभागी गराइएको यो दुर्लभै घटना हो । कुकुरलाई उनले बच्चैदेखि पाल्दै आएका थिए ।

यो पुन्टु नामको कुकुर त उनले माया गरेर पालेकै कुकुर हो । तर पनि अविवाहित रुपक दर्शनले जीवनभर सडकका कुकुरको स्यहारसुसार गरेका थिए । सडकका कुकुरलाई खाना खुवाउने, उपचार गर्ने, स्यहार गर्ने काममा उनी लाग्दथे । काठमाडौंको जैसीदेवलमा डेरा लिएर बस्दै आएका रुपकले दुई वटा कुकुर डेरामै पालेका थिए । अर्को कुकुर भने सानै छ ।

उनका छिमेकीहरु भन्छन्, रुपकलाई आफैलाई महिना गुजार्न गाह्रो थियो तर गल्लीका कुकुरहरुको सेवा भने गर्ने गर्दथे । पछिल्लो समय आफ्नै उपचार खर्च नहुँदा पनि उनले कुकुरको सेवामा लागि पर्दथे । ती दुवै कुकुर रुपकको निर्जीव शरीर देखेपछि उदास भएका छन् । अन्तिम सम्म उनीसँगै रहेका ती दुई कुकुरलाई एउटा सेल्टरमा राखिने खानले बताए ।

फोटो-भिडियो:इरफान खान