११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राइडे रिलिजमा ‘सरी ल’ र ‘एउटा साथी’, मोफसलमा टुल्के पनि



अ+ अ-

फ्राईडे रिलिज अन्तर्गत यो शुक्रवारदेखि राजधानीमा दुई चलचित्र र मोफसलमा तीन चलचित्र एक आपसमा भिड्ने भएका छन् । राजधानीमा ऋषि लामिछाने निर्देशित चलचित्र ‘सरी ल’ र लक्ष्मण सुवेदी निर्देशित चलचित्र एउटा साथीबिच प्रतिष्पर्दा हुने भएको छ भने केही दर्शक अघिल्लो शुक्रबार प्रदर्शन भएको चलचित्र टलकजंग भर्सेज टुल्केले पनि तान्न सक्ने देखिएको छ ।

त्यस्तै मोफसलमा भने यो शुक्रबार तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेज टुल्के’ मोफसलमा आजै सरी ल र एउटा साथीसँगै रिलिज भएको हो । चलचित्र सरी ल मा फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई उठाईएको छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको यो चलचित्रमा सुवास थापा ,राजन खतिवडा, अनिता आचार्य र मार्टिन खानको मुख्य भूमिका रहेको छ ।

त्यस्तै पारिवारिक प्रेमकथामा आधारित भनिएको एउटा साथीमा सालोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ, नारायण पुरी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । ‘टलकजंग भर्सेज टुल्के’मा भने दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुसांक मैनाली लगायतको अभिनय रहेको छ ।