६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राइडे रिलिजमा ‘सरी ल’ र ‘एउटा साथी’, मोफसलमा टुल्के पनि



अ+ अ-

फ्राईडे रिलिज अन्तर्गत यो शुक्रवारदेखि राजधानीमा दुई चलचित्र र मोफसलमा तीन चलचित्र एक आपसमा भिड्ने भएका छन् । राजधानीमा ऋषि लामिछाने निर्देशित चलचित्र ‘सरी ल’ र लक्ष्मण सुवेदी निर्देशित चलचित्र एउटा साथीबिच प्रतिष्पर्दा हुने भएको छ भने केही दर्शक अघिल्लो शुक्रबार प्रदर्शन भएको चलचित्र टलकजंग भर्सेज टुल्केले पनि तान्न सक्ने देखिएको छ ।

त्यस्तै मोफसलमा भने यो शुक्रबार तीन चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेज टुल्के’ मोफसलमा आजै सरी ल र एउटा साथीसँगै रिलिज भएको हो । चलचित्र सरी ल मा फेसवुकले स्थापित गरेको युवा र युवती बीचको प्रेम र आफ्नो मनले आँट्न नसक्दा दोहोरो प्रेममा उत्पन्न हुने दुर्घटनाको परिवेशलाई उठाईएको छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको यो चलचित्रमा सुवास थापा ,राजन खतिवडा, अनिता आचार्य र मार्टिन खानको मुख्य भूमिका रहेको छ ।

त्यस्तै पारिवारिक प्रेमकथामा आधारित भनिएको एउटा साथीमा सालोन बस्नेत, रिस्ता बस्नेत, करिष्मा श्रेष्ठ, नारायण पुरी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । ‘टलकजंग भर्सेज टुल्के’मा भने दयाहाङ राई, खगेन्द्र लामिछाने, ऋचा शर्मा, शुसांक मैनाली लगायतको अभिनय रहेको छ ।