• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   ०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी– तस्बिरहरु ★   सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था ★   महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो ★   रास्वपा खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा छैन – रवि लामिछाने ★   मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने ★   फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु ★   माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके ★   कृषिमा कायापलट ल्याउन अबको १५ वर्ष कृषिलाई प्राथमिकता दिन जरुरी: कृषिमन्त्री साह ★   प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत सहुलियत धान्न सम्भव छैन: कुलमान घिसिङ ★   सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नुपर्छ – सुहाङ

नायीका प्रियंका कार्कीले एल्बम निकाल्ने



बलीउड नायीका प्रियंका चोपंडा गायीकाको रुपमा पनि परिचित छिन् । दुईवटा एलवम समेत निकालीसकेकी प्रियंकाको स्वरलाई पनि धेरैले रुचाएको पाईयो । यत कलिउडकी नायीका प्रियंका कार्कीले पनि बलीउडकी प्रियंकाको जस्तै गायनमा पनि जम्ने तयारी गरेकी छिन् । प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारी गरेकी छिन् । नाम नजुराइएको एक एल्बममा ८ वटा गीत रहनेछ जहाँं प्रियंकाको स्वर सुन्न सकिने छ । सबैले आफूलाई राम्रो गीत गाउँछ्यौ भनेपछि एल्बम निकाल्ने सुरमा रहेको प्रियंकाले जानकारी गराईन् ।

सानैदेखि गायनमा रूची रहेको बताउने नायीका प्रियंकाले यस अघि नै चलचित्र आवरणको शिर्ष गीत गाएकी थिइन् । आगामी साताबाट स्वतन्त्र… बोलको गीतबाट रेकर्डिङ शुरू गर्ने उनको भनाई छ । यसमा शब्द शैलेश श्रेष्ठ र संगीत शैलेन्द्र सिंहको रहनेछ । उनले आफूसँग भएको प्रतिभा देखाउन खोजेको बताईन् । उनले आठवटै गीतको भिडियो बनाउने बताएकी छिन् । अभिनय र गायनको अलवा प्रियंका एक कुशल करियोग्राफर समेत हुन् । उनले मेरो बेस्ट फ्रेन्ड, पुण्टे परेड र मिसन पैशा लगायतका चलचित्रका गीतमा करियोग्राफी गरेकी छिन् ।