• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

‘श्री ५ अम्बरे’को ‘नाच्ने नचाउने सबैलाई मताउने’ (भिडियो सहित)



चलचित्र ‘श्री ५ अम्बरे’को आईटम गीत रिलिज गरिएको छ । ‘नाच्ने नचाउने सबैलाई मताउने’ बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छिन् । शिव विकले नृत्य निर्देशन गरेको प्रस्तुत गीतमा बाबु बोगटीको संगीत तथा सरिता वली र रत्न सुब्वाको स्वर रहेको छ । केहि समय पहिले रिलिज गरिएको यो मनमा हमेशा बोलको गीत यतिबेला दर्शकको रुचाईमा पर्न सफल भएको छ ।
जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा सौगात मल्ल, केकी अधिकारी, बिक्रम सिंह, सिर्जना अधिकारी, दिवाज राई, मार्टिन खान, राज गोदाईली लगायतको अभिनय देख्न सकिन्छ । टि एन आचार्य र दिपक आचार्य निर्माता रहेको यो फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् । मंसिर ५ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।