६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव रेग्मीको प्रथम बार्षिकी आज



अ+ अ-

नेपाली रजतपठका सफल निर्देशक शिव रेग्मीको निधन भएको आज १ बर्ष भएको छ । रेग्मीको निधन मंसिर २४ गते भएपनि तिथीका आधारमा आज १ बर्ष पुरा भएको हो । रेग्मीको बार्षिकीको अवसरमा जन्मथलो चितवनमा उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । यसका लागि काठमाण्डौबाट केही चलचित्रकर्मी चितवन पुगेका छन् ।

काठमाण्डौबाट द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक मुस्कान ढकाल, कलाकार उत्तम केसी, संगीतकार लक्ष्मण शेष लगायतका चलचित्रकर्मी चितवन पुगेका हुन् । चितवनको नारायणी कला मन्दिरमा आयोजना हुन लागेको शोक सभामा शिवलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । शिव रेग्मीले बनाएका आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, सुख दुख, हामी तीन भाइ, कहाँ भेटिएला जस्ता चलचित्र चर्चित छन् ।