५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

संजय दत्तको जिवनीमा बन्ने चलचित्रमा रणवीर हिरो

संजय दत्तको जिवनीमा बन्ने चलचित्रमा रणवीर हिरो
अ+ अ-

अभिनेता संजय दत्तको जीवनीमा चलचित्र निर्माण हुने भएको छ । संजयको जीवन कथा २५ दिन लगाएर सिुनेपछि राजकुमार हिरानी संजयको जीवनीमा चलचित्र निर्देशन गर्न राजी भएका थिए ।

रणवीर कपूरले अभिनय गर्ने भनिएको संजयको बायोपिक चलचित्रका बारेमा निर्देशक हिरानीले भन्छन् ‘संजयको कथामा कुनै काल्पनिक घटना राखिने छैन । उनको जीवनमा घटेका राम्रा नराम्रा घटनालाई घटबढ नगरी चलचित्रमा प्रस्तुत गरिने छ । दर्शकले साँचो कुरा मात्र देख्न पाउने छन् ‘।

हिरानीले संजयको कथा तीन भागमा देखाईने बताए । पहिलो भागमा बाल्यकाल, चलचित्र क्षेत्रको प्रवेश र लागुपदार्थ दुर्व्यासनीको कथा देखाईने छ भने दोस्रो भागमा उनको चलचित्र जीवनको सफल यात्रा, जीवनमा आएका उतारचढाव र प्रेम अनि विवाहका प्रसँग देखाईने छ । यस्तै तेस्रो भागमा जेल जीवनसँगै मान्यतासँगको बिहेको कथा हुनेछ ।

बलिउडमा फरक शैलीका चलचित्र बनाउने चलचित्रकर्मीको रूपमा परिचित हिरानीले पहिलो पटक निर्देशन गरेको चलचित्र मुन्ना भाइ एमबिबिएस हो जसको मुख्य पात्र संजय दत्त नै थिए । यस्तै उनको दोस्रो चलचित्र लगे रहो मुन्ना भाइमा पनि संजय नै मुख्य अभिनेता थिए भने उनको पछिल्लो चलचित्र पीकेमा पनि संजय छुटेका छैनन् ।