६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्यामा भएको हत्याको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ, १७ मंसिर । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले मङ्गलबार केन्यामा भएको आमहत्याको कडा शब्दमा निन्दा गरेका छन् । उत्तरी केन्यामा भएको सो हत्या मानवता विरुद्धकै अपराध हो भन्दै त्यसमा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न उनले माग गरेका छन् ।

उत्तरपूर्वी केन्यामा बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको थियो । सो कार्यको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले सुतिरहेका कामदारहरुलाई छानी छानी हत्या गरेको थियो ।

त्यहाँ निर्माणको काममा संलग्न रहेका उनीहरु त्रिपालमा सुतिरहेका थिए । उनीहरु सबैलाई लाइनमा उभिन लगाएर मुस्लिम र गैरमुस्लिम नागरिक भन्दै छानिएको प्रत्यक्षदर्शीले जनाएका छन् । यसरी छानेपछि शसस्त्र हतियारधारीको सो जत्थाले गैरमुस्लिम नागरिकलाई मात्र लाइनमा राखेर हत्या गरेका समाचारमा जनाइएको छ ।

बुधबार एक विज्ञप्ति प्रकाशन गरी महासचिव बानले उक्त कार्यको निन्दागर्दै मारिएका परिवारका सदस्यहरुप्रति समवेदना प्रकट गरे । सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध अल सबाब र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्याली सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सोमालियाली इस्लामिस्ट अतिवादी समूहले सो आक्रमण गरेको छ । सोमालियाली अल सबाब समूहले सो हत्याको जिम्मेवारी लिएको छ । महासचिव बानले यस हत्यामा संलग्नहरुलाई कानुनको कठघरामा उभ्याउन केन्या सरकारसँग माग पनि गरेका छन् । यस्ता आतङ्कवादी क्रियाकलापबाट कदापि बिचलित नभर्ई बढ्न आग्रह गर्दै आतङ्कवादको निर्मूलका लागि संयुक्त राष्ट्रसंघ सधैं केन्याको पक्षमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।