११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुङ्गा दुर्घटनामा एघारको मृत्यु



अ+ अ-

सोल, १७ मंसिर । दक्षिण कोरियाको बेरिङ्ग समुद्रमा एक माछामार्ने डुङ्गा डुब्दा भएको दुर्घटनामा मर्ने व्यक्तिको सङ्ख्या ११ पुगेको छ । बुधबार १० व्यक्तिको थप शव फेला परेपछि सो सङ्ख्या ११ पुगेका दक्षिण कोरियाका विदेशमन्त्रीले बताए ।

तीन दक्षिण कोरियाली, एक फिलिपिनो, छ इन्डोनेसियालीसहित १० व्यक्तिको शव बुधबार बिहान स्थानीय समयाअनुसार बिहान ११ः५० बजे फेला परेको जनाइएको छ । सो डुङ्गामा ११ जना दक्षिण कोरियाली, ३५ जना इन्डोनेसियाली र १३ फिलिपिनो नागरिक सवार रहेका थिए । सो दुर्घटनामा ११ व्यक्तिको मृत्यु हुनुको साथै ४२ जना बेपत्ता रहेका बुधबार पुष्टि भएको छ ।