२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहाका होटलका सबै कोठा बुकिङ



अ+ अ-

चितवन । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकीय क्षेत्र सौराहाका होटलका कोठा बुकिङ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई  आवासका लागि  कोठा बुकिङ गरिएका हुन्  । महाधिवेशनका लागि सो पार्टीले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ  । यसका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग पार्टीले सम्झौता गरेको छ  ।
 
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पुर्याउन मुस्किल परेको छ । यतिबेलाका लागि पहिले नै पर्यटकको बुकिङ गरेका र महाधिवेशन घोषणासँगै एमालेका प्रतिनिधि बाहेकका नेता कार्यकर्ताले समेत बुकिङ गरेकाले कोठा पूरै भरिएको उहाँको भनाइ छ ।
 
उहाँले भन्नुभयो,“कोठा पुर्याउन नसक्दा फोन उठाउनसमेत सकेको छैन ।” कोठाको व्यवस्थापनमा जुट्नुभएका एमाले नेता सांसद कृष्णभक्त पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको जानकारीदिनुभयो । उहाँका अनुसार पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पुर्याउन कठिन भएको छ । स्वयंसेवकका लागि भरतपुरमासमेत कोठा खोज्ने काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“देशैभरबाट नेता कार्यकर्ताको कोठाको लागि टेलिफोन आएको छ, व्यवस्थापन गर्न कठिन छ ।”
 
व्यवसायीले  सौराहामा ६ हजार ५०० बेड रहेको बताउँदै आएको भए पनि सबै राम्रा कोठा छैनन् । सङ्घले पार्टीसँग सम्झौताका क्रममा सबै खालका कोठा दिने गरी सम्झौता गरेको छ । महाधिवेशनमा प्रतिनिधि र आमन्त्रित बाहेक त्योभन्दा बढी सङ्ख्यामा देशभरबाट नेता कार्यकर्ता आउने तयारीमा छन् । यसका अतिरिक्त सञ्चारमाध्यमले समाचार सङ्कलनका लागि प्रतिनिधि पठाएका छन् ।
 
महाधिवेशन प्रचार सहयोग समिति चितवनका सचिव तिलक रिमाल बढी सङ्ख्यामा सञ्चारगृह र पत्रकारबाट होटलका लागि फोन आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान सबेरैदेखि राति अबेरसम्म फोन आउने गरेको छ । कोठा व्यवस्थापन गर्न कठिन छ ।”
 
क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन घिमिरे कोठाका लागि निरन्तर फोन आउने गरेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कम्तीमा एउटा कोठा त दिनुहोस् भन्ने धेरै फोन आउने गरेको छ ।” कोठा नभएपछि व्यवस्थापन कठिन भएको उहाँको भनाइ छ । सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको उहाँको भनाइ छ ।

सौराहामा रहेका भनिएका बेडमध्ये ठूलो सङ्ख्याका एक बेडमा दुई जना सुत्नुपर्ने हुन्छ । पछिल्लो समय एउटै बेडमा दुई जना सुत्न अप्ठ्यारो मान्ने हुँदा महाधिवेशनको समयमा पार्टीलाई कोठा व्यवस्थापन गर्न समस्या आउन सक्ने व्यवसायी बताउछन् ।
 
सौराहामा कोठा भरिएपछि भरतपुर, रत्ननगर र गैँडाकोका होटल पनि भरिन थालेका छन् । अधिकांश होटलमा महाधिवेशनको उद्घाटनको अघिल्लो दिनबाट १२ गतेसम्म कोठा बुकिङ भएका छन् । /f;;