११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम



अ+ अ-

“दिगो विकासको लागि प्रविधीमा प्रतिवद्धता” भन्दै २३ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग कलाकार रोमा न्यौपानेको अगुवाईमा महिला कारागारमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । महिला बन्दि गृहमा बन्दि जीवन बिताई रहेका ३२५ जना महिलाहरुको माझ सकारात्मक सोचको बिकास अभियान अन्तर्गत गरिएको कार्यक्रममा हास्य कलाकार निरु खड्का, गायीका मिन्ग्स लामा, सीता सुबेदी, शिरोमणि दवाडी लगायतको टोलिले आफ्ना विभिन्न प्रस्तुतिहरु सहित साथ दिएक थिए भने जेल जिवन बिताईरहेका बन्दीहरुले पनि नाचेर कार्यक्रम सहभागिता जनाएका थिए ।

जेलर गोबिन्द मणि भुर्तेलको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा गीत नाच तथा गजलहरु प्रस्तुत गरिएको थियो । अपांगता भएकाहरु सबै समस्यामा छन । त्यस माथि महिलाहरु बढी मर्कामा परेका छन । उनिहरुको स्वास्थ्य र प्रजनन अधिकार सुरक्षित छैन । सर्बोच्च अदालतले दिएका कतिपय आदेश समेत सरकारले मानेको छैन । प्रविधिले साङ्ग र अपाङ्गको दुरी घटाउने तथा स्वाबलम्बी जीवनका लागि आधुनिक प्रविधिमा अपांगता भएकाहरुको पहुच पुर्याउन यस्ता अभियानले सघाउ पुग्ने सोचका साथ कार्यक्रम गरिएको कलाकार रोमा न्यौपानेले बताईन् ।