११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा पाँच बालबालिकाको मृत्यु



अ+ अ-

मुम्बाई, १८ मंसिर । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बिहीबार यात्रुबाहक रेल र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा पाँच बालबालिकाको मृत्यु भएको समाचार छ । सो दुर्घटनामा विद्यालयका बस चालकसहित १७ बालबालिका घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

बिहीबार बिहान रेलमार्गमा सो दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा विद्यालयका पाँच बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । चालक र घाइते बालबालिकालाई उपचारार्थ अस्पताल लगिएको छ । यस घटनामा घाइते भएका केही बालबालिका अवस्था गम्भीर भएको पनि समाचारमा बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विद्यालयको बसमा २० भन्दा बढी प्राथमिक विद्यालयका बालबालिका रहेका थिए । भारतमा विश्वकै तुलना सडक दुर्घटना बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइन्छ । सरकारी तथ्याङ्कअनुसार गत वर्ष पनि भारतमा भएका सडक दुर्घटनामा एक लाख ६६ हजार ५०६ व्यक्तिको मृत्यु भएको थियो ।