६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा हगुपिटबाट एक्काईसको मृत्यु



अ+ अ-

मनिला, २२ मंसिर । फिलिपिन्समा करिब एक हप्तादेखि प्रभावित रहेको हगुपिट सामुद्रिक आँधीका कारण कम्तीमा २१ व्यक्तिको मृत्यु भएको फिलिपिन्स रेडक्रसले सोमबार जानकारी दिएको छ ।

यस आँधीका कारण फिलिपिन्सको पूर्वी द्वीप समारमा मात्र गत शनिबार सो आँधीबाट भएको भूस्खलनको कारण १८ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

उक्त समयमा प्रतिघण्टा २१० किलोमिटरको दरले हावा चलेको रेडक्रस सचिव जनरल ग्वेनडोलएन पङ्गले बताएको छ ।

गत नोभेम्बरमा फिलिपिन्समा आएको ‘हाइयान’ नामक सामुद्रिक आँधीबाट ७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।