२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोको कारण छ व्यक्तिको मृत्यु



अ+ अ-

नयाँ दिल्ली, २३ मंसिर । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबारदेखि मङ्गलबारसम्म चिसो मौसमका कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

चिसोको कारण ज्यान गुमाएका ती सबै व्यक्ति उत्तर प्रदेशको पूर्वी भागमा रहेका छन् । यसै हप्ताबाट सुरुदेखि चिसोले प्रभावित सो स्थानहरुमा कम तापक्रमको साथसाथै भारी कुहिरोले सताएको स्थानीय सञ्चारमाध्यम इन्डो एसियन समाचार सेवाले जनाएको छ ।

यद्यपि प्राप्त समाचारमा चिसोका कारण मृत्यु भएका ती व्यक्तिहरुको विस्तृत विवरण भने दिइएको छैन् । उत्तरी भारतीय राज्यमा जाडो मौसमको प्रवेशसँग कम तापक्रम र असामान्य मौसमी घटनाले सताउने गर्दछ ।