११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण निर्वाचन गराउन मुनको आग्रह



अ+ अ-

संयुक्त राष्ट्र संघ, २४ मंसिर । संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले अफ्रिकन राष्ट्र लेसोथोमा भएको राजनीतिक प्रगतिको स्वागत गरेका छन् । मुनले लेसोथोमा सन् २०१५ को फेबु्रअरी २८ मा हुने भनिएको राष्ट्रव्यापी निर्वाचन शन्तिपूर्ण र विश्वसनीय गराउनको लागि आग्रह समेत गरे ।

लेसोथोका नरेशले लेतसि तृतीयले हालै घोषणा गरेको सो निर्वाचनको विषयमा बानले उक्त टिप्पणी गरेको बानका प्रवक्ताद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । लेसोेथोमा प्रजातान्त्रिक मूल सिद्धान्तको अनुसरण भएकोमा महासचिव मुनले सन्तोष प्रकट गर्दै यसले राष्ट्रको राजनीतिक स्थायित्व र सुरक्षा पुनः स्थापना गर्ने बताएका छन् ।

लेसोथो सरकारको यस प्रयासमा संयुक्त राष्ट्र संघले सदैव सहयोग गर्ने पनि बानले बताएका छन् । महासचिव मुनले लेसोथोको प्रमुख दल बासोथोका सवै राज नेताहरूलाई ‘मसेरु सहजीकरण घोषणा पत्र’ बमोजिम राजतन्त्रसँग सहकार्य गर्न र शान्तिपूर्ण तथा विश्वसनीय निर्वाचनका लागि सम्झौता गर्न समेत आग्रह गरे ।

लेसोथोका तत्कालिन प्रधानमन्त्री थोमस थबानेले गत जुन महिनामा अविश्वासको मत छल्ने उद्देश्यले संसद भङ्ग गरेपछि त्यहाँ राजनीतिक अश्थिरता उत्पन्न भई झै–झगडाको वातावरण सृजना भएको थियो ।