• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   चुनाव जित्नेमा विश्वस्त छु – सुहाङ ★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान

शान्तिपूर्ण निर्वाचन गराउन मुनको आग्रह



संयुक्त राष्ट्र संघ, २४ मंसिर । संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले अफ्रिकन राष्ट्र लेसोथोमा भएको राजनीतिक प्रगतिको स्वागत गरेका छन् । मुनले लेसोथोमा सन् २०१५ को फेबु्रअरी २८ मा हुने भनिएको राष्ट्रव्यापी निर्वाचन शन्तिपूर्ण र विश्वसनीय गराउनको लागि आग्रह समेत गरे ।

लेसोथोका नरेशले लेतसि तृतीयले हालै घोषणा गरेको सो निर्वाचनको विषयमा बानले उक्त टिप्पणी गरेको बानका प्रवक्ताद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । लेसोेथोमा प्रजातान्त्रिक मूल सिद्धान्तको अनुसरण भएकोमा महासचिव मुनले सन्तोष प्रकट गर्दै यसले राष्ट्रको राजनीतिक स्थायित्व र सुरक्षा पुनः स्थापना गर्ने बताएका छन् ।

लेसोथो सरकारको यस प्रयासमा संयुक्त राष्ट्र संघले सदैव सहयोग गर्ने पनि बानले बताएका छन् । महासचिव मुनले लेसोथोको प्रमुख दल बासोथोका सवै राज नेताहरूलाई ‘मसेरु सहजीकरण घोषणा पत्र’ बमोजिम राजतन्त्रसँग सहकार्य गर्न र शान्तिपूर्ण तथा विश्वसनीय निर्वाचनका लागि सम्झौता गर्न समेत आग्रह गरे ।

लेसोथोका तत्कालिन प्रधानमन्त्री थोमस थबानेले गत जुन महिनामा अविश्वासको मत छल्ने उद्देश्यले संसद भङ्ग गरेपछि त्यहाँ राजनीतिक अश्थिरता उत्पन्न भई झै–झगडाको वातावरण सृजना भएको थियो ।