४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारको नजरमा नपरेको मेट्रो रेल

सरकारको नजरमा नपरेको मेट्रो रेल
अ+ अ-

राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन र सहज यातायातका लागि मेट्रो रेल अपरिहार्य छ भन्न थालेको वर्षौं भइसक्यो । यो विषय केही दिन चर्चामा हुन्छ, फेरि सेलाउँछ ।

सामान्यतया यातायात इञ्जिनियरिङमा ३० लाख भन्दा बढी जनसंख्या भएको सहरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने हो भने शहरी मेट्रो रेलको सञ्जाल बनाउनु पर्छ भन्ने सिद्धान्त छ । काठमाडौको जनसंख्या अहिले ५० लाखको हाराहारीमा छ । त्यसैले गर्दा हामीलाई रेल सेवा आवश्यक छ ।

शहरी रेलको अध्ययनको इतिहास हेर्दा नेपालमा यो त्यति लामो छैन । नेपाल सरकारले सन् २०११ मा पहिलो पटक सम्भाव्यता अध्ययन गरेको थियो । त्यो अध्ययनमा काठमाडौंमा पाँच ओटा रुट छनौट गरिएको थियो । अध्ययनमा ७८ किलोमिटरको मेट्रो रेलको सञ्जालको परिकल्पना गरिएको थियो । सन् २०११ देखि २०२३ सम्म आइपुग्दा यो १२ वर्षमा हामीले न डिपिआर गर्यौं न कुनै काम गर्यौं । हामी घेरै पछाडि परिसकेका छौं ।

आज हामीले मेट्रो रेल बनाउँछौ भन्यौ भने कसैले पत्याइहाल्ने अवस्था छैन, मानिसहरु हास्ने अवस्था छ । एउटा बस त व्यवस्थापन गर्न नसक्ने देशले कसरी मेट्रो रेल बनाउँछ भन्ने ज्वलन्त प्रश्न छ । तर पनि हामीले के हेर्नु पर्यो भने सार्वजनिक यातायातको व्यवस्थापन नगरी कुनै पनि यातायात प्रणालीको व्यवस्थापन हुँदैन । हामीले वार्षिक रुपमा हेर्ने हो भने पनि भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट जान्छ । त्यही अनुसारको सडक सञ्जाल बढेको छ । चौडा पनि गरिएको छ । पिच रोडहरु बढेका छन् । तर पनि यातायात प्रणाली सुधार भयो भन्ने अनुभूति गर्न सकिएको छैन । किन भने हामीले सार्वजनिक यातायातमा लगानी गरेनौं ।

सार्वजनिक यातायातको सन्दर्भमा मेट्रो रेलको कुरा बढी हुन्छ । हामीले यस्तो क्षेत्रमा लगानी नै गरेनौं । मेट्रो बनाउनु पर्छ यसमा दुईमत छैन । यसका लागि दिल्लीको मोडल उयपुक्त हुन्छ । त्यहाँ मेट्रो कर्पोरेसन स्थापना भयो, सबै काम त्यहीँबाट भयो । हामीकहाँ अहिले भै रहेको कुनै पनि निकायबाट मेट्रो रेल बन्ने सम्भावना नै छैन । यदि मेट्रो रेल बनाउने हो भने एउटा निकाय खडा गर्ने, त्यहाँ विज्ञहरु राख्ने, बजेट राख्ने र तयारी गर्दै जाने गरेर अगाडी बढ्नु पर्छ । बनाउन सक्दैनौ भनेर पछाडि हट्नु हुँदैन । यसको तयारी गर्नुपर्छ ।

अबका १० वर्ष भित्र पनि काठमाडौ उपत्यकामा मेट्रो रेल चलाउन सकेनौं भने यहाँको सार्वजनिक यातायातको बेहाल हुन्छ ।

(गजुरेल ट्राफिक इञ्जिनियर तथा सार्वजनिक यातायात विज्ञ हुनुहुन्छ)

https://www.facebook.com/newspolar/videos/1533870370519029