१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिजमा ‘लभ यु बाबा’



अ+ अ-

यो साताको फ्राइडे रिलिजमा ८ बर्षे निर्देशक सौगात बिष्ट निर्देशित चलचित्र ‘लभ यु बाबा’ सार्बजनिक प्रदर्शनमा आएको छ । बुधबार प्रिमियर शो हेरे पछी अधिकांश चलचित्रकर्मीले सौगातको कामको खुलेरै प्रसंशा गरेका थिए । सोलो रिलिजको मौका पाएको ‘लभ यु बाबा’ले बलीउड चलचित्रबाट पनि मुक्ति पाएको छ । अर्थात आज नेपालका सिनेमा घरहरुमा ‘लभ यु बाबा’ बाहेक अन्य कुनैपनि नेपाली र हिन्दी चलचित्र प्रदर्शनमा आएका छैनन् ।

चलचित्रका निर्देशक बिष्ट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारीमा छन् । यस अघि हलीउड सिनेमा निर्देशन गरेका ९ बर्षका बालक सबैभन्दा कान्न्छा चलचित्र निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । सौगात उनी भन्दा एक बर्ष कम उमेरका भएकोले कान्छा निर्देशकको रुपमा गिनीज बुकमा नाम लेखाउने प्रबल सम्भाबना रहेको छ ।

चलचित्र ‘लभ यु बाबा’ले बाबु र छोरी बीचको प्रेमको कथा बोल्छ । जहाँ गजित र सौगातकी बहिनी संगम बिष्ट लिड रोलमा छन यी दुईसँगै निश्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारको पनि पनि अभिनय रहेको छ ।