• १२ मंसिर २०७९, सोमबार
  •      Mon Nov 28 2022
Logo
Latest
★   एकदिने मेलाबाट पाँच हजारलाई रोजगारी ★   थापाथली घटनाका दोषीको नाम किटान गरी कारवाहीका लागि महानगरबाट प्रहरीमा उजुरी ★   सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन ★   सीताराम विवाह पञ्चमी: स्वयंवर सम्पन्न ★   सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित ★   सुनसरी ४ को अवरुद्ध मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी ★   ४ हजार सात सय बढीले भगबती चौधरीको अग्रता ★   जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौँः उपाध्यक्ष नेम्वाङ ★   हतियारसहितका प्रर्दशनकारीलाई नियन्त्रणमा नलिई हामी फर्किदैनौँः एसपी पाण्डे ★   रोमाञ्चक खेलमा क्यामरुन र सर्बियाको बराबरी

छोरीले मेरा चलचित्रहरु मन पराउदिन -काजोल



काजोल देभगन अभिनित अभिकाँश चलचित्रहरुले बलीउडमा सफलता हात पारेका छन् । काजोल र शाहरुख खान अभिनित चलचित्र दिल वाले दुल्हनिया ले जाइगेलेत मराठा सिनेमा घरबाट प्रदर्शनको एक हजार हप्ता पार गरिसकेको छ भने अझै निरन्तर प्रदर्शन भैरहेको छ । चलचित्रमा काजोलको अभिनयले तत्कालिन अबस्थामा धेरैलाई मन्त्रमुग्द बनाउने गर्दथ्यो । चलचित्र क्षेत्रबाटै प्रसस्थ नाम र दाम कमाउन सफल यीनै नायीकाकी छोरी न्यासाले भने आफ्नी आमाको चलचित्र मन पराउदिनन् ।

काजोलका अनुसार उनकी छोरी आमाको अभिनय रहेको चलचित्र भन्दा बाबु अजय देभगनको अभिनय रहेका चलचित्र मन पराउदछिन् । आफ्ना चलचित्रमा रोनाधोना बढी भएकोले छोरीले रुन्चे मम्मी भनेर जिस्क्याउने गरेको कजोल बताउछिन् । आफ्ना चलचित्र बच्चाहरुले हेर्ने खालका नभएको पनि उनले बताएकी छिन् । अहिले गोलमाल जस्ता चलचित्रमा पनि काम गर्नुपर्ने रहेछ जस्तो लाग्ने गरेको पनि काजोलले खुलाइन् ।