३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

तत्काल धुमपान छोड्ने १० अचुक उपाय

तत्काल धुमपान छोड्ने १० अचुक उपाय
अ+ अ-

एजेन्सी । तपाईलाई धुमपान गरेपछि त्यसबाट पर्ने असरहरुको बारेमा थाहा छ तर तपाईलाई यसको लत छ । र छोड्न चाहानुहुन्छ भने अब तपाईले तत्काल धुमपान छोड्न सक्नुहुन्छ । यसका लागि तपाईले केही कुराहरु भने गर्नुपर्ने हुन्छ । त्यसका लागि दश ओटा सरल उपायहरु यहाँ दिइएको छ । तपाईले यसमा ध्यान दिनु भयो भने सजिलै तपाई चुरोटको कुलतबाट बाहिर आउन सक्नुहुन्छ ।
१. थाहा भएकालाई सुनाउनुस् की मैले चुरोट पिउन छोडिदएँ ।
धेरैजसो व्यक्तिहरु सुरुमा परिवार वा आफन्त वा मान्यजनबाट लुकेर चुरोटको लत लिइरहेका हुन्छन् । जब थाहा नपाउनुपर्नेले तपाईले चुरोटको लत लिएको थाहा पाउँछन्, फेरी तपाइलाई लाग्न सक्छ कि, अब सबैले जानकारी पाइहाले किन चुरोट छोड्ने ? यस्तो बेलामा तपाईले आफुसँग काम गर्ने वा सँगै हुने आफन्त, साथीभाई वा परिवारका सदस्यहरुलाई भन्नुपर्ने हुन्छ कि, ‘मैले चुरोट पिउन छोडिदिएँ, अब कहिल्यै पिउँदिन ।’ यस वाक्यले तपाईलाई मनोवैज्ञानिक असर पर्छ र तपाईले जोसँग यो कुरा भन्नुहुन्छ, उसको अगाडि तपाईले आफुले झुठो बोलेको देखाउन अप्ठेरो मान्नुहुन्छ । यसले गर्दा तपाईलाई चुरोट पिउन नियन्त्रण हुन सुरु हुन्छ ।
२. मुखमा केही राख्नुस्, चुरोट होइन ।

चुरोट पिउनेहरु यस्तो बहाना बनाउँछन्, कि एक निश्चित समय पछि उनीहरुलाई चुरोट पिउनैपर्ने तलतल हुन्छ । चुरोट छोड्न त्यसका लागि सबैभन्दा सजिलो उपाय छ । तपाईले मुखमा केही कुरा च्याप्न सक्नुहुन्छ । जस्तै सोप वा इलाइची । तपाईले यी कुरा मुखमा दबाएर राख्नुभयो भने तपाईलाई चुरोटको जरुरी महसुस नै हुँदैन । तपाईले त्यस्तो बेलामा पानी पिउनुपर्ने हुन्छ । तर चुरोटबाट पाउने निकोटिनको मात्रा पाउन सोप वा इलाइची मुखमा लिइराख्नुपर्छ ।
३. थाहा पाउनुस्, तपाईको ‘आम्दानी’
चुरोट पिउनेहरुले छोड्न चाहने बेलामा यो हेक्का गर्नुस् र तपाईलाई थाहा हुनुपर्छ कि, तपाईले चुरोट पिएर वास्तवममा के हुन्छ ? त्यसको कारणको एउटा लिष्ट नै बनाउनुस् । त्यसका लागि दैनिक भएको खर्चको पनि लिष्ट बनाउनुस् । तपाईको तलबबाट दैनिक चुरोटमा अनावश्यक कति खर्च भैरहेको छ, त्यसको हिसाब राख्नुस् र चुरोट किनेर सल्काउने बेलामा इमान्दारिपूर्वक यो सुचि गोजीबाट निकालेर हेर्नुस् र कारण खोज्नुहोस् । त्यसले तपाईलाई धेरैजसो समय थाहा हुन्छ की चुरोटम धेरै खर्च भैरहेको छ र तपाईले यसलाई विस्तारै घटाउन थाल्नुहुन्छ ।
४. कुन समस्याको कारण हो धुमपान ?
धेरैजसो धुमपान गर्नेहरुको कारण यो हुन्छ की, तनाव कम गर्न, गम्भिर विषयमा निर्णय लिन, रिफ्रेस हुन वा समय पास गर्न चुरोट पिइरहेको छु । तर तपाईलाई चुरोट पिएपछि सोच्नुस त, के समाधानको उपाय यही हो त ? धुमपान गरेपछि तपाईको समस्या समाधान भयो त ? हो कुनै समस्याबाट छुटकारा त धुमपानले मिल्दैन । बरु यसले झन अर्को समस्या जन्माउँछ । यो समस्या समाधानको उपाय होइन भन्ने कुरामा दृढ हुनुस् । दिमाखले सोच्नुस्, धुमपानले तपाईलाई खाइरहेको छ, तपाईका समस्या बढाइरहेको छ, यसले अर्को समस्या जन्माइरहेको छ ।
५. धुमपान गर्न नपाउने ठाउँमा जानुस
जब तपाईले धुमपान छोड्ने योजना बनाउनुहुन्छ । तर सफल भैराख्नुभएको छैन भने तपाई अब धुमपान गर्न नपाईने क्षेत्रहरुमा जानुपर्ने हुन्छ । यस्ता क्षेत्रहरु, जहाँ धुमपार्न गर्न प्रतिबन्ध लगाइएको हुन्छ । जस्तै, सिनेमाहल, पुस्तकालय, कार्यलय आदी ठाउँहरु हुन सक्छन् । छिटो छिटो धुमपान गर्ने तपाईको बानी यसले तुरुन्तै हटाउँछ र तपाईले धुमपान कम गर्न सक्नुहुन्छ ।
६. धुमपान छोड्न साइत जुराउनुपर्दैन ।
धुमपान गर्ने धेरैजसो व्यक्तिहरुको यस्तो कुरा सुनिन्छ कि, भोलि देखि, अर्को हप्ता देखि, नयाँ वर्ष वा चाडपर्व देखि धुमपान गर्न छोड्छु । उनीहरुका यस्ता कुरा सधैं भैरहन्छन् तर एक दिन नै छोडेपनि यस्ता व्यक्तिले फेरी पिउने सम्भावना बढि हुन्छ । त्यसैले नराम्रो कुलत छोड्नका लागि तपाईले समय तालिका बनाउनुपर्दैन । आफुले आफुलाई जहिले तपाईले नियन्त्रणमा राख्न सक्नुहुन्छ, त्यतिबेला नै तपाईले धुमपान छोड्नुहुन्छ । किनभने भोलि कहिल्यै आउँदैन ।
७. अब तपाईले गिफ्ट किन्नुस् ।
तपाईले धुमपानमा दैनिक कति खर्च गर्नुहुन्छ, त्यसको तपाईले हिसाब गर्नुस र त्यो रकम बराबरको राम्रो गिफ्ट वा उपहार किन्नुस् । यो तपाईले कसैलाई दिन सक्नुहुन्छ, वा आफै पनि राख्न सक्नुहुन्छ । जब त्यो उपहार तपाईले देख्नुहुन्छ, तपाईलाई खुशी मिल्छ र धुमपान छोड्ने मन बनाउन सक्नुहुन्छ । तपाईका परिवारका साना बाबुनानीलाई पनि यो दिनसक्नुहुन्छ । अब हेर्नुस त तपाईले गरेको अनावश्यक र उल्टै हानी गर्ने खर्चको रकमबाट बच्चाले कति खुशी महसुस गरेका छन् ? यस्तो बेला तपाईलाई कहिल्यै धुमपान नगर्ने बाचा आउँदछ ।
८. लामो सास तान्नुहोस्
बाबा रामदेवले यो भनेका छन् कि जब तपाईलाई धुमपान गर्ने मन हुन्छ, तपाईले गहिरो (लामो) सास फेर्नुहोस् । एक दुई पटक यसरी सास तान्दै तपाईले धुमपान छोड्ने संकल्प पनि दोहो¥याउनुस् । त्यसपछि तपाईलाई धुमपान गर्न मन लाग्दैन । अझै मन लागिरह्यो भने तपाई माथि भनेजस्तै निकोटिन पाउने अन्य कुरा लिन सक्नुहुन्छ ।
९. विचार गर्नुस् त तपाईको पहिचान दुर्गन्ध हो र ?
तपाई धुमपान गर्नुहुन्छ भने तपाईको नजिक कोही व्यक्ति आउँदा धुमपानको गन्ध थाहा पाउँछ, उसले नाक समाउन बाध्य हुन्छ । तपाई फेरी पनि उसको नजिक जाँदा तपाईको पहिचान धुमपान गर्ने मानिसको रुपमा हुन आउँछ । तपाईको काम र गुणका बारेमा अरुले कुनै चासो दिदैनन्, बरु दुर्गन्धकै रुपमा तपाईको पहिचान बनिरहेको हुन्छ । कसैले पनि यो चाँहदैन कि उसको पहिचान, उसको कमजोरी बनोस्, तपाईले पनि त्यो चाहानुहुन्न । त्यसैले आफ्नो पहिचान सही कारणबाट बनाउनका लागि मनमा यही कुरा खेलाउनुस् । धुमपान गर्ने बेलामा सम्झनुस् कि आफ्नो पहिचान खराब बनिरहेको छ ।
१०. बाटो त अरु पनि छन् ।
यि सबै उपायबाट तपाईले पार पाउनुहुन्छ । अब तपाईले अन्तिम उपायको रुपमा सामान्य उपायले तपाईले सधैंका लागि धुमपान त्याग्न सक्नुहुन्छ । आफ्नो साथमा चुरोट नराख्नुस्, फलफुल खानुस् र फलफुलको जुस खानुस् ।