५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बर्ष २०१४ मा बलिउडका दश सफल चलचित्र

बर्ष २०१४ मा बलिउडका दश सफल चलचित्र
अ+ अ-

बर्ष २०१४ ले कोल्टे फेर्दै गर्दा बलिउडमा बर्षभरी प्रदर्शनमा आएका चलचित्रहरुको लेखा जोखा शूरु भएको छ । कुन चलचित्र सय करोड क्लबमा प्रवेश गर्यो, कुन चलचित्र फ्लप भयो र कुन कलाकारको दबदवा रयो भन्ने लेखाजोखा पनि हुने नै भयो । हामी यहाँ बर्ष २०१४ मा राम्रो कलेक्शन गर्न सफल दश चलचित्रको लेखाजोखा गर्ने प्रयास गरेका छौं । यो बर्ष जम्मा आठ ओटा चलचित्र सय करोड क्लबमा प्रबेश गरेका थिए भने कलाकारहरुमा पुरानै कलाकारहरुको दबदवा कायमै रहेको पाइयो । बर्षको अन्त्यमा आमिर खान अभिनित चलचित्र पीकेलाई यो बर्षको प्रतिष्ठीत चलचित्र मानिएकोले यसले यो बर्षको रेकर्ड तोड्न सक्ने आँकलन पनि गरिएको छ । तर आजका दिनसम्म हेर्ने हो भने बलीउडका टप टेन चलचित्रहरु यस प्रकार रहेका छन् :


१ह्याप्पी न्यू इयर :

बर्ष २०१४ को अत्यन्तै सफल मानिएको चलचित्र हो ह्याप्पी न्यू इयर । यो चलचित्र प्रदर्शनकै दिन सबैभन्दा धेरै कमाई गर्ने चलचित्र पनि बनेको छ । चलचित्रले पहिलो दिनमै ३७ करोडको कलेक्शन गर्न सफल भएको थियो । चलचित्रको ग्रस कलेक्शन भने ३०० करोड रहेको छ । यस चलचित्रमा शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, शोनु सुद लगायतको अभिाय रहेको थियो । चलचित्रको कहानी भने एउटा बहुमुल्य हिरा चोर्ने डान्स ग्याङमा आधारीत थियो ।


२ किक
 :

यो बर्षको दोश्रो सफल चलचित्र हो किक । सलमान खान र जैक्लीन फनार्डिजको मूख्य भस्मिका रहेको किकले २३३ करोड कारोबार गरि सय करोडमा पर्न सफल भएको थियो । गत जुलाई २५ मा रिलिज भएको यो चलचित्रलाई सादीज नाडियालले निर्देशन गरेका थिए । रोमान्टीक एक्शन जनराको यो चलचित्रमा सलमान खानको एक्शनलाई धेरैले रुचाएका थिए । चलचित्रलाई फराह खानले निर्देशन गरेकी थिइन् ।

३ बैंग बैंग :

ऋतिक रोशन र कैटरीना कैफ अचिनित चलचित्र बैंग बैंग यो बर्षको अर्को सफल चलचित्र हो । कमाइका आधारमा तेश्रो स्थानमा रहेको यो चलचित्र पनि एक्शन थ्रीलर जनरामा बनेको थियो । चलचित्र काइट्समा रुचाईएको ऋतिक र कैटरीनाको जोडिले बैंग बैंगमा पनि वाहिवाहि पायो । चलचित्रले कुल १८१.०३ करोड कलेक्शन गरेको थियो । सिद्धार्थ आनान्द निर्देशित यो चलचित्र २ अक्टोवरमा रिलिज भएको थियो ।


४ सिंघम रिटन्र्स
 :

रोहित सेष्ठी निर्देशित चलचित्र सिंघम रिटन्र्स यो बर्षको चौथो सफल चलचित्र हो । अजय देभगन र करीना कपूरको अभिनय रहेको यो चलचित्रले १४१ करोड कलेक्शन गरि सय करोड क्लबमा प्रबेश गरेको थियो । चलचित्र अगष्ट १५मा दिपावलीको अवशर पारेर रिलिज गरिएको थियो । एक्शन जनराको यो चलचित्रमा अजय एक पुलिस अफिसरको भूमिकामा देखिएका थिए । रोहित र अजयको सहकार्य बलीउडमा निकै फापेको मानिन्छ । यी दुईले सँगै काम गरेका सबै चलचित्र सफल भएका छन् ।


५ होलिडे
 :

गत ६ जुनमा प्रदर्शनमा आएको चलचित्र होलिडेले पनि बक्श अफीसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो । अक्षय कुमार र सोनाक्षी सिन्हा अभिनित यो चलचित्रलाई ए आर मुर्दोशले निर्देशन गरेका थिए । चलचित्रले ११२.६५ करोड कलेक्शन गरेको थियो । एक्शन जनराको यो चलचित्रमा पनि अभिनेता अक्षय कुमार एक प्रहरी अधिकृतकै भूमिकामा रहेका थिए ।


६ जय हो
 :

यो बर्षको शुरुमा नै प्रदर्शनमा आएको चलचित्र किकलाई सलमान खानको नराम्रो चलचित्रको रुपमा व्याख्या गरिए पनि सय करोड क्लबमा भने प्रबेश गरेको थियो । राजनितीक बिषयमा केन्द्रित यो चलचित्रलाई सोहिल खानले निर्देशन गरेका थिए । प्राय सलमान अभिनित चलचित्रले बक्श अफिसमा कुनै न कुनै रेकर्ड राख्ने गरेकोमा जय हो भने रेकर्ड बिहिन भएको थियो ।चलचित्रले १११ करोडको कारोवार गरेको थियो ।


७ एक भिलेन
 :

नयाँ र मध्यम कलाकारकै हालीमूहाली रहेको चलचित्र एक भिलेन पनि बर्ष २०१४ मा सफल चलचित्रको रुपमा दहरीन सफल भयो चलचित्रले १०५.५० करोडको कारोबार गरी सय करोडमा प्रबेश गरेको थियो । चलचित्रमा श्रद्धा कपूर, रितेश देशमूख र सिद्धार्थ महोत्राको मूख्य अभिनय रहेको थियो । २७ जुनमा रिलिज भएको यो चलचित्र त्रिकोणत्मक प्रेम कथामा आधारित थियो ।


८ २ स्टेट्स
 :

यो चलचित्र बर्ष २०१४ मा प्रदर्शनमा आएमध्ये सय करोड क्लबमा प्रबेश पाएको अन्तिम चलचित्र हो । चलचित्रले १०४ करोडको कारोवार गरेको थियो । बलीउडमा नयाँ कलाकारको अभिनय रहेका चलचित्रले पनि सय करोड क्लबमा प्रवेश गर्न सक्छन् भन्ने अर्को उदाहरण हो २ स्टेट्स । यो चलचित्रमा पनि नया कलाकार आलिया भट्ट र अर्जुन कपूरको अभिनय रहेको थियो । १८ अप्रिलमा रिलिज गरिएको यो चलचित्र प्रेम कथामा आधारित थियो ।


९ हंपटी शर्माकी दुल्हनिया
 :

करन जौहरको निर्देशन रहेको यो चलचित्र पनि बषै २०१४ मा प्रदर्शनमा आएका सफल चलचित्रको नबैं नम्मरमा परेको छ । जुलाई ११ मा रिलिज भएको यो चलचित्रमा पनि नयाँ कलाकार आलिया भट्ट र वरुण धावनको मूख्य भूमिका रहेको थियो । चलचित्र स्टुडेन्ट अफ दि इयरमा वाईवाई पाएको यो जोडिले चलचित्र हंपटी शर्माकी दुल्हनियाबाट थप चर्चा पायो । चलचित्रले ७६.८१ करोडको कारोबार गरेको थियो ।


१० गुण्डे
 :

अली अब्वास जफरको निर्देशन रहेको चलचित्र गुण्डे सफल चलचित्रको दशैं नम्मरमा अटाएको छ । सम्भबत आमिर खानको पीके रिलिज भएपछि बर्ष २०१४ को सफल १० चलचित्रबाट यो चलचित्र बाहिरिने छ । प्रियंका चोपंडा, रणवीर शिंह र अर्जुन कपूरको मूख्य भूमिका रहेको यो चलचित्रले ७६.५५ करोडको कारोबार गरेको थियो । यो चलचित्र १४ फेव्रुवरीमा रिलिज भएको थियो ।