५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

आत्मघाती आक्रमणको संयुक्त राष्ट्रद्धारा गहिरो चिन्ता

आत्मघाती आक्रमणको संयुक्त राष्ट्रद्धारा गहिरो चिन्ता
अ+ अ-

संयु्क्त राष्ट्रसंघ, २६ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको दुई वटा आत्मघाती बम आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा गहिरो चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदद्वारा एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
सो आक्रमणहरुमा एक विदेशी नागरिक र ६ अफगान सैनिकको मृत्यु भएको थियो । पहिलो आक्रमण बिहीबार बिहान स्थानीय समयानुसार ७ः१५ बजे काबुलको बाहिरी इलाकामा पर्ने ताङ्गी तराखील क्षेत्रमा अफगान सैनिकलाई लिएर गइरहेको एक बसलाई लक्षितगरी भएको थियो । सो आक्रमणमा ६ सैनिकको मृत्यु भएको थियो ।
त्यसैगरी बिहीबार अपराह्नमा भएको अर्को आत्मघाती आक्रमण फ्रान्सको सहयोगार्थ सञ्चालनमा रहेको एक माध्यामिक विद्यालयलाई लक्षितगरी भएको थियो ।
अफगान सैनिकको एक बस लक्षित आक्रमणको केही घण्टापछाडी नै इस्तिक्लाल विद्यालयमा भएको उक्त आक्रमणमा एक विदेशी नागरिकको मृत्यु हुनुको साथै अन्य सातजना घाइते भएका थिए ।
तालिवान आतङ्ककारी समूहका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले यी आक्रमणहरुको जिम्मा तालिवान समूहले लिएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ ।
त्यसैगरी अफगानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ । अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आवद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् ।
सन् २०१५ बाट नेटो आबद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ । सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ । पछिल्लो समयमा तालिवानले पनि अफगानिस्तानका विभिन्न स्थानमा अफगान र विदेशी सुरक्षाकर्मी र सरकारी अधिकारीलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।