६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ वर्षदेखि बेपत्ता डाक्टरको खोजी अस्पताल



अ+ अ-

जाजरकोट, २७ मंसिर । जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् ।
सप्तरी जिल्लाको बेलही गाविस–६ घर भएका डा धनिकलाल यादव २०६५ साल माघ २२ देखि अहिलेसम्म बेपत्ताको लिस्टमा रहेका छन् ।
जाजरकोटको जिल्ला अस्पतालमा २०६३ साल असार १९ मा हाजिर भएका डा यादव २०६५ माघ २२ देखि बेपत्ताको सूचीमा रहेका छन् ।
जिल्ला अस्पतालले उनलाई सातपटकसम्म हाजिर हुन सप्तरी घरको ठेगानामा चिठी लेखे पनि उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
विसं २०६८ मङ्सिर १९ गते गोरखापत्रमा सूचना प्रकाशित गरी जिल्ला अस्पतालले डा यादवलाई अस्पतालमा हाजिर हुन भन्दै सात दिनको मिति राखेर सूचना प्रकाशित गरे पनि उनी अहिलेसम्म सम्पर्कमा नआएपछि बेपत्ताको लिस्टमा उनको नाम रहेको छ ।
विसं २०६५ देखि अहिलेसम्म डा यादव सम्पर्कमा नभएको भनी जिल्ला अस्पतालले क्षेत्र र विभागलाई तीनपटक प्रमाणपत्रसहित चिठी लेखे पनि विभाग, क्षेत्रले सो चिठी जिल्ला अस्पतालमा फिर्ता गरिदिएको छ ।
विभाग र क्षेत्रले डा यादवलाई कार्बाही गर्नुको साटो उल्टै जिल्लामा सो चिठी फिर्ता गरिदिएपछि जाजरकोटको जिल्ला अस्पताल अचम्ममा परेको एक कर्मचारीले बताएका छन् ।
उनी कहाँ छन् कसैलाई थाहा छैन । डा यादवको पद खाली पनि नहुने, काम पनि नगर्दा जाजरकोटका नागरिकले दुःख पाएका छन् ।
जिल्ला अस्पताल जाजरकोटमा हाजिर भएर पनि २०६३ देखि २०६५ सम्मको बीचको समयमा उनी नेपालगन्ज, सुर्खेतको अस्पतालमा काजमा काम गरेको देखिन्छ ।