८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ वर्षदेखि बेपत्ता डाक्टरको खोजी अस्पताल



अ+ अ-

जाजरकोट, २७ मंसिर । जिल्ला अस्पतालका एक चिकित्सक विगत छ वर्षदेखि बेपत्ताको सूचीमा परेका छन् ।
सप्तरी जिल्लाको बेलही गाविस–६ घर भएका डा धनिकलाल यादव २०६५ साल माघ २२ देखि अहिलेसम्म बेपत्ताको लिस्टमा रहेका छन् ।
जाजरकोटको जिल्ला अस्पतालमा २०६३ साल असार १९ मा हाजिर भएका डा यादव २०६५ माघ २२ देखि बेपत्ताको सूचीमा रहेका छन् ।
जिल्ला अस्पतालले उनलाई सातपटकसम्म हाजिर हुन सप्तरी घरको ठेगानामा चिठी लेखे पनि उनी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
विसं २०६८ मङ्सिर १९ गते गोरखापत्रमा सूचना प्रकाशित गरी जिल्ला अस्पतालले डा यादवलाई अस्पतालमा हाजिर हुन भन्दै सात दिनको मिति राखेर सूचना प्रकाशित गरे पनि उनी अहिलेसम्म सम्पर्कमा नआएपछि बेपत्ताको लिस्टमा उनको नाम रहेको छ ।
विसं २०६५ देखि अहिलेसम्म डा यादव सम्पर्कमा नभएको भनी जिल्ला अस्पतालले क्षेत्र र विभागलाई तीनपटक प्रमाणपत्रसहित चिठी लेखे पनि विभाग, क्षेत्रले सो चिठी जिल्ला अस्पतालमा फिर्ता गरिदिएको छ ।
विभाग र क्षेत्रले डा यादवलाई कार्बाही गर्नुको साटो उल्टै जिल्लामा सो चिठी फिर्ता गरिदिएपछि जाजरकोटको जिल्ला अस्पताल अचम्ममा परेको एक कर्मचारीले बताएका छन् ।
उनी कहाँ छन् कसैलाई थाहा छैन । डा यादवको पद खाली पनि नहुने, काम पनि नगर्दा जाजरकोटका नागरिकले दुःख पाएका छन् ।
जिल्ला अस्पताल जाजरकोटमा हाजिर भएर पनि २०६३ देखि २०६५ सम्मको बीचको समयमा उनी नेपालगन्ज, सुर्खेतको अस्पतालमा काजमा काम गरेको देखिन्छ ।